दंगीशरणमा महिला प्रजनन स्वास्थ्य शिविर

दाङ, २४ जेठ । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको स्क्रिनिङ तथा ब्यवस्थापनसम्बन्धी महिला प्रजनन् स्वास्थ्य शिविर दंगीशरण–१ को आधारभुत स्वास्थ्य केन्द्र रामपुरमा सम्पन्न भएको छ ।

Blog Post Ad

वडा नं. १ का अध्यक्ष रमेश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफूहरु स्वास्थ्यको सवालमा सधै गम्भीर रहेको बताउनुभयो । ग्रामीण भेगमा रहेका महिलाहरुको स्वास्थ्यको समस्या पहिचान गरी हुन सक्ने दुर्घटनाबाट जोगाउन शिविर सञ्चालन गरिएको अध्यक्ष गिरीको भनाइ थियो ।

Blog Post Ad

वडाध्यक्ष रमेश भण्डारीले शिविरबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो । पाठेघरको मुखको क्यान्सर बढ्दो रहेकाले रोगको पहिचान र समाधान गर्न शिविरबाट सेवा लिन वडाध्यक्ष भण्डारीले आग्रह गर्नुभयो । शिविर उद्घाटन कार्यक्रममा प्राथमिक स्वास्थ्यकेन्द्र बागरका डा. बिशाल कोइरालाले शिविरले दुरदराजका महिलाहरुको स्वास्थ्य समस्या समाधानमा टेवा पुग्ने बताउनुभयो ।