घोरदौरामा विशाल मन्दिर निर्माण गरिने

दाङ, १९ जेठ । दाङको घोराही उपमहानगरपलिका वडा नम्बर-१८ घोरदौरामा विशाल मन्दिर निर्माण गरिने भएको छ ।

Blog Post Ad

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको घोरदौरामा इतिहास जोगाउन तथा पर्यटकहरुको आकर्षण बढाउन मन्दिर निर्माण गर्न लागिएको घोरदौरा मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष दिपक नेपालीले जानकारी दिए ।

Blog Post Ad

दैनिक दर्जनौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने घोरदौरामा परापूर्व कालमा रहेको शिव पार्वती मन्दीरलाई पुन: निर्माण तथा स्थानिय पुर्खाले पूज्दै आएको भुइयार थान निर्माणको समेत पुन: निर्माण गरिने स्थानिय स्थानिय तेज बहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार मन्दिर निर्माण गर्न तथा घोरदौरालाई उत्कृष्ट पर्यटकिय गण्तव्य गराउन स्थानीय दिपक नेपालीको अध्यक्षतामा एक समिति गठन गरिएको छ ।

साथै घोरदौरा गाउँमा आगन्तुक पर्यटकहरुको जानकारीका लागि होडिङ बोर्ड तथा गाउँमा डस्टबिन समेत राखिने अध्यक्ष नेपालीको भनाइ रहेको छ । त्यसका लागि जिल्लाका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सौजन्य मागिने समेत नेपालीले बताए ।