पर्यटकको रोजाइमा बाह्रकुनेका माछा

गोविन्द खड्का

Blog Post Ad

दाङ, १५ जेठ । बाह्रकुने दह पुग्नुभएका बंगलाचुली उद्योग वाणिज्य संघका सचिव तिलक नेपाली निकै प्रफुल्ल मुद्रामा बाहिर निस्कनुभयो । ‘अहिले धेरै राम्रो भएको रहेछ’– तीन वर्षपछि बाह्रकुने दह पुग्नुभएका नेपालीले भन्नुभयो– ‘पर्यटकीय क्षेत्र बन्यो । अहिले धेरै राम्रो लाग्यो ।’ उहाँलाई सुन्दर बगैंचाले मन त लोभ्यायो नै दहका माछाले झन आकर्षित ग¥यो । चारो किन्दै माछालाई खुवाउँदै लामो समय पर्यटकहरुले विताउने गरेका छन् । पानी सतहमै आएर माछाले चारो खान थाल्दा फोटो खिच्ने र टिकटक बनाउनेहरुको भीड नै लाग्ने गरेको स्थानीय बताउँछन् ।

Blog Post Ad

तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक शरद रेग्मीलाई माछासहितको फोटो खिच्न भ्याई नभ्याई थियो । उपस्थित पर्यटकहरुले पालैपालो माछा खेलेको तस्विर खिचे । तुलसीपुर उद्योग वाणिज्य संघका कावा अध्यक्ष देवबहादुर वली पनि माछालाई दाना खुवाउन व्यस्त हुनुहुन्थ्यो । दाङ उद्योग वाणिज्य संघले लुम्बिनी प्रदेशका १२ जिल्लाका उद्योग वाणिज्य संघका नेतृत्वलाई जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकन गराउने क्रममा व्यवसायीहरुमात्रै होइन अन्य आन्तरिक पर्यटकहरु पनि बाह्रकुने दहका माछासँग रमाएका थिए ।

‘मन्दिरमा आउन त धेरैपटक आएकी छु’– नारायणपुर उद्योग वाणिज्य संघका सचिव मीना भण्डारी वलीले भन्नुभयो– ‘आज माछालाई चारो खुवाउँदैछु ।’ उहाँले माछालाई दुई तीन पोका चारो दिनुभएको थियो । बाह्रकुने दह क्षेत्रलाई ड्याम बनाई दहमा परिणत गर्न तीन करोड बजेट परेको बराह क्षेत्र समितिका अध्यक्ष देवबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार त्यो डिपिआर बदलेर अन्य संरचना बनाउन पहल भइरहेको छ । बाह्रभाइ बराहको महत्व र मर्यादालाई बचाउन ड्याम बनाउन दिइएको छैन । त्यहींका संरचनाहरुलाई आधुनिक र आकर्षक बनाई पर्यटक भित्रयाउने योजना छ ।