घोराहीमा ब्युटिसियनलाइ प्रमाणपत्र हस्तान्तरण

दाङ, १३ जेठ । बेसिक र डिप्लोमा कोर्स गरेका ब्युटिसियनहरुलाइ एक कार्यक्रमका बिच प्रमाणपत्र हस्तान्तरण गरिएको छ ! अर्किट ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरका प्रोप्राइटर मुना पान्डेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सि.को प्रमुख आतिथ्यता र ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको बिशिस्ट आतिथ्यमा घोराहीमा सम्पन्न भएको कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

Blog Post Ad

अर्किट ब्युटी पार्लरका कामना खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सि. ले बदलिँदो समय संगै ब्युटिसियन पेशाकर्मिहरुलाइ सम्मानपुर्बक हेर्न थालेको बताइएन् । यसैगरी उनले महिलाहरु सहनशीलताका प्रतिमुर्ति भएको बताउदै कुनैपनी काम गर्दा दत्तचित्त भएर अगाडि बढ्न अनुरोध गरिन् ।

Blog Post Ad

यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथी आसमानी चौधरीले महिलाहरु आत्मनिर्भर भए मात्र समाजमा हिंसा कम हुने बताउँदै सहभागीहरुलाइ आफुले सिकेको सिपलाइ कार्यान्वयन गर्नका लागि अनुरोध गरिन् ।

कार्यक्रममा सहभागीका तर्फबाट सिर्जना थापा र मुना मगरले आफ्नो अनुभब सुनाएका थिए ।