होटल व्यवसायी दाङद्धारा दुई दिने तालिम सम्पन्न

दाङ, १० जेठ । दाङ देउखुरी होटल व्यवसायी समितीले घोराही १५ भित्रका आफ्ना व्यवसायीहरुलाई दुई दिने तालिम प्रदान गरेको छ । समितीको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नंम्वर १५ को आर्थिक सहयोगमा दुई दिने तालिम समापन गरिएको हो ।

Blog Post Ad

समितीका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको थियो । समापन कार्यक्रम बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष पाण्डेले वडाभित्र सञ्चालनमा रहेका होटल व्यवसायीहरुले तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गर्दै आफुलाई थप व्यवस्थित बनाउदै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले सरसफाई र खाद्य स्वच्छतामा विशेष ध्यान दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । वडाभित्रका होटल व्यवसायीहरुको हितका लागि दाङ देउखुरी होटल व्यवसायी समितीसँग निरन्तर समन्वय र सहकार्य गर्दै काम गर्ने वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।

Blog Post Ad

कार्यक्रममा समितीका सल्लाहकार संयोजक जितबहादुर केसी र प्रशिक्षकका तर्फबाट कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका सोनाम आचार्यले बोल्नुभएको थियो । उहाँले मानिसको दोस्रो घरका रुपमा चिनिने होटललाई सुरक्षित र व्यवस्थित बनाउदै सञ्चालन गर्ने कुरालाई व्यवसायीले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

घोराही उपमहानगरपालिका कर शाखा अधिकृत कृष्ण केसी, कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका पुर्ण मगर र सोनाम आचार्यले तालिममा प्रशिक्षण दिनुभएको तालिम संयोजक धना जिसिले जानकारी दिनुभयो । घोराही १५ को ९५ हजार आर्थिक सहयोगमा भएको तालिममा प्रशिक्षार्थिहरुका तर्फबाट बोल्दै होटल व्यवसायी सरस्वता भुषाल र रामबहादुर भण्डारीले तालिममा सहभागि भएर विभिन्न कुराहरुको बारेमा ज्ञान लिन पाउदा खुशी लागेको भन्दै अवसरका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण समितीका सचिव श्यामकुमार विकले गर्नुभएको थियो ।