इप्रका गढवाको कार्यालय प्रमुखमा तेस्रो पटक पनि महिला

दाङ, ७ जेठ । इलाका प्रहरी कार्यालय गढवामा नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी निरिक्षक कालिका कार्की आएकी छिन् । गढवामा तेस्रो पटक पनि कार्यालय प्रमुखको रूपमा महिला प्रहरीको आगमन भएको छ । हालै सो कार्यालयबाट महिला निरिक्षक नवीन वलीको काठमाडौं रानीपोखरीमा सरूवा भएपछि सो ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालयको सचिवालय काठमाडौंबाट कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न महिला प्रहरी निरिक्षक कार्की गढवा आएकी हुन् ।

Blog Post Ad

कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरिक्षक कार्कीले आइतबार देउखुरी क्षेत्रका पत्रकारहरू सँग परिचायात्मक कार्यक्रम सँगै शान्ति सुरक्षाका विषयमा छलफल गरेकी छिन् । छलफलका क्रममा पत्रकारले उठाएका सवालमा कार्कीले पत्रकार र स्थानीय सरोकारवाला सँग सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्न र अपराधीक क्रियाकलापलाई रोक्न कानुन अनुसार काम गर्ने बताएकी छिन् ।

Blog Post Ad