शान्ति समाज र तुलसीपुर उवासंघबीच छलफल

दाङ, ५ जेठ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले निजी क्षेत्रसँग छलफल गरेको छ । शान्ति समाजले आयोजना गरेको उपभोक्ता अधिकारमा निजी क्षेत्रको प्रतिवद्धता विषयक छलफलमा तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विनील केसीले उपभोक्ताको हितलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।  उपभोग्य वस्तुको गुणस्तरीयता, खाद्य सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने  अध्यक्ष केसीले बताउनुभयो ।

Blog Post Ad

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत, दाङ शाखाका संस्थापक सभापति डिल्लीराज धिताल, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य मिना रावतले उपभोक्ता हित र निजी क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

Blog Post Ad

शान्ति समाजमा कार्यवाहक सभापति एवम् तुलसीपुर उद्योग वाणिज्य संघका नव निर्वाचित सदस्य कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य शाखाका सदस्य तिलसरा पुन र सञ्चालन सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।