भारतमा ३ महिना देखी बन्धक बनाईएका ३६ जना नेपालीको उद्धार

दाङ, २ जेठ । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका ३६ जनाको उद्धार भएको छ । दलालहरूले राम्रो आम्दानीको प्रलोभन देखाएर सर्लाही, महोत्तरी र धनुषाका गाउँबाट उनीहरूलाई कश्मीर पुर्‍याएका थिए । कश्मीर लगेपछि नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिकसमेत नदिई कुटपिट, डररधम्की देखाएर काममा लगाउँदै आएको थियो ।

झन्डै तीन महिना बन्धक बनाएपछि दिल्लीमा रहेको नेपाली दूतावास, जम्मु–कश्मीर पुलिस, क्राइम ब्रान्चको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो । उद्धारका लागि सामाजिक संस्था किन इन्डियाले पहल गरेको हो । उद्धारका लागि कश्मीर पुगेका किन इन्डियाका प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर ल्याएको देखिएको बताउनुभयो ।

Blog Post Ad
Blog Post Ad