जेसीजको स्थापना दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दाङ, २ जेठ । घोराहीमा मावि स्तरीय दुर्गानारायण वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । त्रिभुवननगर जेसीजको ३९ औं स्थापना दिवसको अवसरमा आयोजित ‘संलग्नता, सशक्तीकरण र वृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोरखा मावि घोराहीका आयुष देबकोटा प्रथम भएका छन् ।

Blog Post Ad

यसैगरि दोस्रो, तेस्रो र सान्त्वनामा मार्सलिना रोका भ्याली टप बोडिङ, प्रज्वल गौतम विद्या निल्कण्ठ मावि, र सबिना केसी भ्याली टप बोडिङ भएका छन । जेसीजको सभा हलमा सम्पन्न भएको सो प्रतियोगितामा घोराही भित्रका निजी र सामुदायिक बिद्यालयका २९ जना छात्रछात्राहरुले सहभागिता जनाएका थिए ।

Blog Post Ad

त्रिभुवननगर जेसीजका अध्यक्ष रबि किरण केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवं नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीको विशिष्ट आतिथ्यतामा आयोजित वक्तृत्वकला प्रतियोगितमा कमलमणि देबकोटा, उदय जिएम र बाल्मी केसीले निर्णायकको भुमिका निभाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी डिसीले व्यक्तिको पहिचान नै व्यक्तित्व भएको बताउनुभयो । अहिलेका विद्यार्थीमा पनि व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्न अपरिहार्य रहेको बताउनुभयो । जेसीजले पनि इमानदारी र प्रतिबद्धताका साथ सभ्य समाज निमार्ण निकै महत्वपूर्ण भुमिका खेलिरहेको बताउनुभयो ।

यस्तै विशिष्ट अतिथी भण्डारीले युवा शसक्तिकरणका लागी जेसीजको आवश्यक रहेको बताउनुभयो । युवाहरुलाई विभिन्न सामाजिक तथा व्यक्तिगत जिम्मेवारीमा सामिल गराई व्यक्तित्व तथा नेत्तृत्व विकासमा जेसीजले महत्वपुर्ण भुमिका निभाईरहेको बताउनुभयो ।

प्रतियोगितका संयोजक बाबुराम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जेसिजका महासचिव रमेश घिमिरले गर्नुभएको थियो ।