दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्‍यु

दाङ, २ जेठ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ । घोराही उपमहानगरपालिका-१३ हेलो टावरस्थित सडकमा रा.५ प ४९०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक रोल्पा रून्टीगढी गाउँपालिका-५ घर भई हाल दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने ३२ वर्षीय सागर घर्तीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

Blog Post Ad
Blog Post Ad