व्यावसायिक सूचक बोर्डको कर नतिर्ने निर्णय

दाङ, २ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले पसलमा राखिएको व्यावसायिक सूचक बोर्डको विज्ञापन कर नतिर्ने निर्णय गरेको छ ।

Blog Post Ad

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा मंगलबार बसेको बैठकले अर्को निर्णय नहुँदासम्म बोर्डको विज्ञापन कर नतिर्न सम्पूर्ण व्यवसायीलाई आह्वान गरेको छ । संघले आव २०८०÷०८१ देखि २०८२÷०८३ सम्मको सूचक बोर्डको कर मागेको भन्दै घोराही उपमहागरको निर्णयप्रति आपत्ति जनाएको छ ।

Blog Post Ad

व्यवसायको परिसरमा लगाइएको बोर्डको कर बुझाउन पत्राचार गरेको भन्दै व्यवसायीले आक्रोश व्यक्त गरे । बाटो पनि दिने, घर कर, व्यावसायिक कर, घरेलु आन्तरिक राजश्व गरी तीनवटा सरकार पनि पाल्ने बोर्ड राख्ने सुविधा पनि नपाउने भन्दै व्यवसायीले आक्रोश व्यक्त गरे । कर असुल्ने निर्णय नसच्याए आन्दोलन गर्न बाध्य हुने उनीहरुको भनाइ छ । पहिलो चरणमा घोराही उपमहानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाउने भएका छन् ।

बैठकमा संघका पदाधिकारीहरु, बस्तुगत समितिका अध्यक्षहरु, उद्योगीहरु, डिलर तथा थोक बिक्रेताहरुको उपस्थिति रहेको संघका सचिव विकास वलीले जानकारी दिनुभयो । उहाँका अनुसार करका लागि पत्र आएको र त्यो पत्र अनुसार कर नतिर्ने निर्णयमा एक मत भएका थिए । संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले विषय प्रवेश गराउनुभएको कार्यक्रमको सञ्चालन महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।