लुम्बिनीमा हत्याको घटना बढ्दो, ९ महिनामा ६४ जनाको हत्या

 
दाङ, २ जेठ । लुम्बिनी प्रदेशमा हत्याको घटना बढ्दो रहेको पाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङकले लुम्बिनीमा हत्याका घटना बढ्दो रहेको देखाएको हो । 

लुम्बिनीमा चालु आर्थिक वर्षको ९ महिनामा  मा ६४ जनाको हत्या भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षमा भएका हत्याका घटनामध्ये अधिकांशमा चिनेजानेका व्यक्तिकै संलग्नता रहेको पाइएको छ ।

उहाँले अधिकांश हत्याका घटना योजनाबद्ध रूपमा भन्दा पनि सामान्य विवाद, रिसको आवेगका कारण भएको बताउनुभयो । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १०९ वटा हत्याका घटना भएका थिए ।

Blog Post Ad

चालु आर्थिक वर्षको ९ महिनामा ४२ जना पुरुष र २२ जना महिलाको हत्या भएको प्रहरीको तथ्याङकले देखाएको छ । लुम्बिनीका १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै दाङमा हत्याको घटना भएको छ । दाङमा १४ जनाको हत्या भएको छ भने सबैभन्दा कम गुल्मीमा १ जनाको मात्रै हत्या भएको छ ।

Blog Post Ad

नवलपरासीमा ६ जना, रुपन्देहीमा ९ जना, बाँकेमा ९ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, कपिलवस्तुमा ४, बर्दियामा ५, पाल्पामा ३, अर्घाखाँचीमा २, प्युठानमा ५, रोल्पामा ३ र रुकुममा २ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।