तुलसीपुर उपमहानगरलाई राजश्व संकलनमा लक्ष्य भेटाउनै मूस्कील

दाङ, २ जेठ । तुलसीपुर उपमहानगरपालिकालाई राजश्व संकलनमा लक्ष्य भेटाउनै मुस्किल परेको गरेको छ । नगरले चालु आर्थिक वर्षमा लक्ष्यको करिब ५३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ ।

Blog Post Ad

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३६ करोड १५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्म १८ करोड ८५ लाख ७८ हजार अर्थात लक्ष्यको ५३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ ।

Blog Post Ad

चालु आर्थिक वर्षको दुई महिनामा उपमहानगरपालिकाले लक्ष्यको करिब आधा रकम उठाउनुपर्ने छ । तर अबको दुई महिनामा करिब १८ करोड राजश्व संकलन हुन सकस देखिएको तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल वलीले बताउनुभयो ।

उहाँले अहिलेकै अनुसारले राजश्व संकलनको लक्ष्य भेटाउन मुस्किल पर्ने बताउनुभयो । राजश्व संकलनको प्रमुख स्रोत नदिजन्य पदार्थको बिक्रि वितरण पारदर्शी नहुँदा , व्यवसायी करको दायरामा आउन नसक्दा राजश्व संकलन लक्ष्य अनुसारको संकलन हुन नसकेको उहाँले बताउनुभयो ।

नगरप्रमुख टिकाराम खड्काले राजश्व संकलन लक्ष्य अनुसार उठ्न नसक्दा विकासे योजना प्रभावित हुने खतरा बढेको बताउनुभयो । उहाँले राजश्व चुहावट हुँदा पनि नगरलाई राजश्व संकलनमा लक्ष्य भेटाउन मुस्किल पर्ने गरेको बताउनुभयो ।

उहाँले पछिल्लो समय नयाँ प्रमुख प्रशासकिय अधिकृत आएपछि कबाडी बिक्रिवाफतको १० लाख राजश्व उठेको बताउनुभयो । यसैगरी अन्य क्षेत्रमा पनि राजश्व उठाउन उपमहानगर लागि परेको उहाँको दावि छ ।