कपुरकोटमा कोल्डस्टोर स्थापना

दाङ, २ जेठ । सल्यानको कपुरकोटमा कोल्डस्टोर स्थापना भएको छ । बेमौसमी तरकारीलाई भण्डारण गर्नका लागि कपुरकोटमा कोल्ड स्टोर स्थापना गरिएको हो ।

Blog Post Ad

नर्वेजियन दुतावासको आर्थिक सहयोगमा वैकल्पिक उर्जा प्रबर्धन केन्द्र ईसिमोडको साझेदारीमा सिप्रेड र कपुरकोट गाउँपालिकाको सहकार्यमा कोल्ड स्टोर स्थापना गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

Blog Post Ad

गाउँपालिकाको ११ लाख र सहयोगी संस्थाको ४३ लाख गरी ५४ लाख लागतमा कोल्ड स्टोर निर्माण गरिएको प्रमुख प्रसाशकिय अधिकृत वलीले बताउनुभयो । कोल्ड स्टोर स्थापनाले कृषकलाई राहत हुने र यो परियोजना नेपालमा पाईलोट परियोजना रहेको नविकरणिय उर्जा ब्यवस्थापन संयोजक ओम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसको व्यवस्थापन नविकरणिय उर्जा व्यवस्थापन तथा खाद्य सुरक्षा परियोजनाले गरेको छ ।