दाङमा बुद्ध जयन्ती मनाइने

दाङ, १ जेठ । दाङमा २५६८ औं बुद्धजयन्ती भव्यताका साथ मनाइने भएको छ । विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा बुद्धजयन्ती मनाउन लागिएको हो । घोराहीमा दाङ विपश्यना केन्द्रका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले यही जेठ १० गते परेको बुद्धजयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

बैठकले दाङ विपश्यना केन्द्र, नागरिक समाज दाङ, पतञ्जलि योग समिति दाङ, गुरुकुल एकेडेमी दाङ र ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय दाङको संयुक्त आयोजनामा कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रम जेठ १० गते बिहान ७ बजेदेखि घोराहीस्थित पतञ्जलि योग राप्ती हलमा आयोजना गर्ने निर्णय गरिएको छ । बैठकले कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई उपस्थितिका लागि आग्रह गरेको छ ।

Blog Post Ad
Blog Post Ad