सहि परिवार योजनाले व्यवस्थित परिवार

दाङ, १ जेठ । घोराही उपमहानगरपालिका भित्र रहेका १६ वटा निजी स्वास्थ्य संस्था मार्फत परिवार योजना र किशोर किशोरी तथा युवा युवती लक्षित परामर्श सेवा दिदै आएको युएसएड मोमेन्टम परियोजनाले गर्दै आएको कामका समिक्षा तथा समन्वय बैठक घोराहीमा सम्पन्न भएको छ ।

Blog Post Ad

युएसएडको आर्थिक सहयोगमा मोमेन्टम प्राईभेट हेल्थ केयर डेलिभरी प्रोजेक्टले सञ्चालन गरेको परिवार योजना कार्यक्रम र परामर्शका बारेमा प्रोजेक्टका प्रतिनिधीहरुले जानकारी गराउनुभयो । नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्य, सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतम, स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख राधा पौडेल सहित स्वास्थ्यकर्मी, निजी स्वास्थ्य संस्थाका प्रतिनिधीहरु समेतको समिक्षा र समन्वय बैठक सम्पन्न भएको हो ।

Blog Post Ad

जस अनुसार परिवार योजना अन्तगत वितेको तीन महिनामा १७ हजार ५३ पिस कण्डम, २५ सय ७२ पिस आकस्मीक गर्भ निरोधक चक्की, ६४२ जनाले तीन महिने सुई लगाएको र १६७५ साईकिल खर्च भएको मोमेन्टम प्रोजेक्टका घोराही कार्यक्रम संयोजक रेशम डिसीले जानकारी दिनुभयो ।

किशोर किशोरी तथा युवायुवतीहरुलाई परिवार योजनाका बारेमा परामर्श समेत दिईएको उहाँले जानकारि दिनुभयो । समिक्षा कार्यक्रममा प्रोजेक्टका तथ्यांक अधिकृत नवराज अधिकारी र प्राईभेट सेक्टर अफिसर शंकरप्रसाद अधिकारीले आफुहरुले जनस्वास्थ्यको क्षेत्रमा स्थानीय सरकार सँगको समन्वयमा निजी स्वास्थ्य संस्थाहरु मार्फत गर्दै आएको कामका बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले सबैको सहकार्य र समन्वयबाटै नागरिकहरुको स्वास्थ्यमा स्वस्थता ल्याउन सकिने बताउनुभयो । परिवार योजनाको सहि प्रयोगले मात्रै परिवार सवल र स्वस्थ हुने बताउनुभयो ।