कोइलावास भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

लिलाधर वली

Blog Post Ad

दाङ, ३० वैशाख । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को वैशाख महिनासम्म कोइलाबास भन्सार कार्यालयले ९५ लाख ९५ हजार चार सय २१ रुपैयँँ राजस्व संकलन गरेको हो ।

Blog Post Ad

संकलित राजश्वमध्ये करिव ७८ लाख बढी भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र बाँकी १७ प्रतिशत विभिन्न खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठने गरेको कोइलावास भन्सार कार्यालयका प्रमुख दिपक शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसंम्म ७५ लाख ५१ हजार राजश्व संकलनको लक्ष्य राखेकोमा लक्ष्यभन्दा करिव २१ लाख बढी राजस्व संकलन गरेको बताउनुभयो ।

कार्यालय प्रमुख शर्माका अनुसार कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि १ करोड ३ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । कार्यालय प्रमुख शर्माले भन्नुभयो,‘कोइलावास भन्सासर कार्यालय, जिल्लाको एक मात्र भन्सार कार्यालय हो, त्यसले गर्दा पनि लक्ष्यभन्दा बढी नै राजश्व संकल हुने गरेको छ ।’

भन्सार कार्यालयले गतआर्थिक वर्ष २०७०÷०८० मा २१ लाख ३९ हजार राजस्व संकलनको लक्ष्य राखेकोमा करिव पाँच गुणा बढी अर्थात ९६ लाख २० हजार आठ सय १२ रुपैयाँ राजस्व संकलन गरेको थियो । गतबर्ष लक्ष्यभन्दा बढी राजस्व संकलन गरेकाले कार्यालय यो बर्ष पनि लक्ष्य बढाएकोमा असारसम्म लक्ष्यभन्दा बढी संकलन गर्ने प्रमुख शर्मा बताउनुहुन्छ । शर्माले भन्नुभयो,‘अहिलेसम्म राजस्व संकलनको अवस्थालाई हेर्ने हो भने लक्ष्यभन्दा बढी नै संकलन गरेको अवस्था छ, यो हिसावले अव हामीले लक्ष्य भेटाउनका लागि करिव ७ लाख रुपैया मात्र बाँकी रहेको छ । तर दुई महिना चोखो बाँकी रहेकाले राजस्व बढ्ने अवस्था छ ।’

भारतबाट कोइलावास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँहरुमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसहरुले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ । सामग्रीको तुलनामा घुमफिरका लागिआउने मानिसहरुले प्रयोग गर्ने सवारीसाधनबाट बढी राजस्व उठ्ने गरेको भन्दै कार्यालय प्रमुख शर्माले भन्नुभयो,‘भारतले छोटी भन्सारका रुपमा लिने भएकाले २५ हजारभन्दा बढीको सामग्री ल्याउन दिदैन,जस्ले गर्दा व्यवसायीक रुपमा नाका चल्न सकेको छैन । यहाँ उठ्ने राजस्व भनेको सवारीसाधनबाट उठ्ने कर नै हो ।’

कोइलाबास नाकाबाट बिदाको समयमा दैनिक सयभन्दा बढी सवारीसाधनहरुमा मानिसहरु घुमफिरका लागि आउने गरेको शर्मा बताउनुहुन्छ । भन्सार कार्यालय कोइलाबासले नेपालआउने भारतीयदुई पांग्रे सवारीबाट प्रतिदिन दुई सय रुपैयाँ र चार पांग्रे सवारीसाधनबाट प्रतिदिनको ६ सय रुपैयाका दरले राजस्व संकलन गर्ने गरेको छ ।