वित्तिय अनुशासन तथा स्थायित्वका लागि महुली लघुवित्तद्धारा सार्वजनिक सुनुवाई सम्पन्न

दाङ, २९ बैशाख । महुली लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय घोराही दाङले वित्तिय अनुशासन तथा स्थायित्वका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । केन्द्र नंम्वर ३२ का केन्द्र प्रमुख पिया बुढाथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नंम्वर १४ का वडा अध्यक्ष भानसिं बुढाको प्रमुख आतिथ्य एवं वडा प्रहरी कार्यालय घोराही प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको विशिष्ठ आतिथ्यमा शनिवार झिगौरामा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरिएको हो ।

Blog Post Ad

वित्तिय अनुशासन तथा वित्तिय स्थायित्वका विषयमा प्रस्तुतिकरण महुली लघुवित्त वित्तिय संस्थाका केन्द्रिय कार्यालयका तालिम तथा सामाजिक अनुसन्धान विकासका विभागिय सहायक विकल काफ्लेले गर्नुभएको थियो ।

Blog Post Ad

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष बुढाले लघुवित्त संस्थाहरुले आर्थिक मात्र नभई सामाजिक रुपमा पनि सेवा दिँदै आएको बताउनुभयो । ठूला बैंकको पहुँचभन्दा बाहिर रहेका जनतालाई पनि कर्जा दिएर उद्यमी बनाउने काम लघुवित्त वित्तीय संस्थाहरुले प्रभावकारी रुपमा गरिरहेकोमा जोड दिनुभएको थियो ।

वडा प्रहरी कार्यालय घोरहीका प्रमुख प्रहरी निरिक्षक पाण्डेले बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरुलाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्थाहरु अग्रसर देखिएको बताउनुभयो । केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गर्दै नागरिकलाई सिप र उत्पादनसँग जोड्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । साथै उहाँले कार्यक्रममा लागु औषध दुव्र्यसन, बाल विवह, महिला हिंसा र वित्तिय अपराधका विषयमा पनि कार्यक्रमका सहभागिहरुलाई जानकारी दिनुभएको थियो ।

संस्थाका कर्मचारी सागर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका शाखा प्रबन्धक भिमबहादुर साउदले गर्नुभएको थियो ।।चसोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गर्दै नागरिकलाई सिप र उत्पादनसँग जोड्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । साथै उहाँले कार्यक्रममा लागु औषध दुव्र्यसन, बाल विवह, महिला हिंसा र वित्तिय अपराधका विषयमा पनि कार्यक्रमका सहभागिहरुलाई जानकारी दिनुभएको थियो ।

संस्थाका कर्मचारी सागर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण भिमबहादुर साउदले गर्नुभएको थियो ।