तुलसीपुर उबासंघमा दुई टिमको ३४ जनाको उम्मेदवारी दर्ता

यमकला भुसाल

Blog Post Ad

दाङ, २४ बैशाख । तुलसीपुर उद्योग बाणिज्य संघमा दुई टिमबाट ३४ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेसको सिफारिसमा बिनिल केसी नेतृत्वको प्यानलबाट १७ जना र नेकपा एमाले, माओबादी लगाएत दलको समर्थनमा ललितजंग शाहको नेतृत्वमा पनि १७ जनाले बिभिन्न पदहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।

Blog Post Ad

निर्वाचन समितिका संयोजक प्रबिण लम्सालका अनुसार बिनिल केसी नेतृत्वको प्यानलले सुरुमा उम्मेदवारी दर्ता गरेको थियो । बिनिलको प्यानलबाट बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी, सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा, र सह–कोषाध्यक्षमा दिपेश भण्डारीलाई उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, संस्थापक सदस्यमा चिन्तामणि आचार्य, सदस्यहरुमा शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी ९कमल०, तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्टको उम्मेदवारी परेको छ । त्यस्तै शाह नेतृत्वको साझा खुल्ला उपाध्यक्षमा डिल्लीबहादुर डाँगी, बाणिज्य उपाध्यक्षमा नरेशकुमार राज भण्डारी, उद्योग उपाध्यक्षमा विश्व बस्नेतको उम्मेदवारी परेको छ ।

त्यस्तै कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्रकुमार डाँगी, सचिवमा भुपाल रावत, सह–कोषाध्यक्षमा किशोर कुमार वलीले उम्मेदवारी दिएका छन् । सदस्य तर्फ भिमबहादुर खत्री, कृष्णबहादुर पुन, एसोसेट सदस्यमा सुरेश ज्ञवाली, टोपबहादुर महतरा, मनोजकुमार गुप्ता र महिला सदस्यहरुमा शारदा बस्नेत र मिना रावतको उम्मेदवारी परेको छ ।

उम्मेदवार बन्न कस्ले कति रकम बुझाए ?

यसैबीच तुलसीपुर उद्योग बाणिज्य संघमा उम्मेदवारहरुको मनोनयन दर्ता गरे बाफत शुल्क झन्डै ११ लाख रकम संकलन भएको छ ।उम्मेदवारहरुलाई मनोनयतका लागि चर्कौ शुल्क तोकिएको छ । अध्यक्ष पदका उम्मेदवारलाई मनोनयन शुल्क दर्ता गर्नका लागि ७० हजार तोकिएको थियो । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । तीन उपाध्यक्ष पदका उम्मेदवारहरुलाई मनोनयन शुल्क ५० हजार निर्धारण गरिएको छ । यी पदमा ६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै महासचिव र कोषाध्यक्षलाई समान ४० ÷ ४० हजार तोकिएको छ । यी पदहरुमा पनि दुई टिमबाट दुई दुई जना गरि चार जनाको उम्मेदवारी परेको छ ।

सचिव र सहसचिव पदका उम्मेदवारका हकमा पनि समाज ३० ÷ ३० हजार मनोनयन शुल्क तोएिको छ । यी पदहरुममा पनि चार जनाको उम्मेदवारी परेको छ । ९ जना सदस्य पदका उम्मेदवारलाई जनही २० हजारका दरले मनोनयन शुल्क बुझाएर उम्मेदवारी दर्ता गरेका छन् । बिभिन्न सदस्य पदहरुमा गरि दुई टिमबाट १८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका संयोजक अधिबक्ता प्रबिण लम्सालका अनुसार एउटा टिममा १७ जनाले उम्मेदवारी दिएका छन् ।

एउटा टिमबाट मात्रै मनोनयन शूल्क बाफत पाँच लाख ४० हजार रकम संकलन भएको छ । तुलसीपुरमा नेपाली काँग्रेसको सिफारिसमा संघका अहिलेका महासचिव बिनिल केसी नेतृत्वको टिम र साझा ब्यबसायिक प्यानलको तर्फबाट संघका उपाध्यक्ष ललितजंग शाहको प्यानलले उम्मेदवारी दर्ता गरेका छन् । यी दुबै टिमले उम्मेदवारी दर्ता गर्दा मात्रै दश लाख ८० हजार रुपैंया मनोनयन शुल्क बाफत उम्मेदवारहरुले बुझाएका छन् ।