लुम्बिनी प्रदेशमा आगामी आर्थिक बर्षको बजेट ३० प्रतिशतसम्म घट्ने

दाङ, २३ बैशाख । लुम्बिनी प्रदेशमा आगामी आर्थिक बर्षको बजेट करिब ३० प्रतिशत घट्ने भएको छ । आर्थिक मन्त्रालयका सचिव रामबहादुर केसीले बजेटको तयारीका लागि अधिकतम सिमा तोक्नेबारे छलफल गरिरहेको र चालु आर्थिक वर्षभन्दा अहिले करिब ३० प्रतिशतमा घट्न सक्ने जानकारी दिनुभयो ।

Blog Post Ad

लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रालयहरुलाई चालु आर्थिक वर्षको तुलनामा ३० प्रशिशत बजेट घटाएर बजेट योजना सिलिङ पठाएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १२ वटा मन्त्रालयमा बजेटको सिमा बनाउने तयारी चलिरहेको छ ।

Blog Post Ad

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । निकै कमजोर कार्यसम्पादन रहेको लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षका ९ महिनामा ३४ दशमलव ३० प्रतिशत मात्रै बजेट खर्च भएको छ । जसमा पुँजीगततर्फ ३२ दशमलव ९८ प्रतिशत र चालुतर्फ ३६। दशमलव ९ प्रतिशत बजेट खर्च भएको लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।