कुवेतमा अल्पत्र सरिता नेपाल फर्कन सफल

दाङ, २१ बैशाख । कुवेतमा अलपत्र परेकी रुपन्देहीकी एक महिला उद्दारकर्मीहरुको पहलमा नेपाल आउन सफल भएकी छन् । रुपन्देही सैनामैना नगरपालिका वडा नं. ८ बस्ने सरिता चौधरी भारत हुँदै कुवेत गएको केही समयमा अलपत्र परेकी थिइन् । त्यसपछि स्थानीय अभियान्ताहरुले कुवेतबाट उद्दार गरी स्वदेश फर्काएका हुन् ।

Blog Post Ad

केही समय देखि कुवेतमा अलपत्र परेपछि सामाजिक संजालमा नेपाल झिकाउन उनले अनुरोध गरेकी थिईन् ।

Blog Post Ad

सैनामैना ८ का निवर्तमान अध्यक्ष सामाजिक अभियान्ता संयोजक डोलराज भण्डारी, आनन्द गिर, नेत्र प्रसाद लामिछाने सुदर्शन धवल लगायतको टिमको पहलमा सैनामैना ८ रुपन्देहीकी सरिता आफ्नो घरमा आइसकेकी हुन् ।

सरिता चौधरीले आफू कुवेतमा अलपत्र संगै शारीरिक मानसिक यातना भोगेको बताउँदै बिदेश काम गर्न जाँदा महिलाहरुले सिप सिकेर नेपालबाटै श्रम गरी नेपालकै मेनपावरबाट वैदेशिक रोजगारमा जाँदा कुनै समस्या भए न्याय पाइनेमा आफुलाई बल्ल ज्ञान रहेको बताउँदै उद्दार गर्ने सम्पूर्णलाई धन्यवाद दिइन् ।