चालु आर्थिक वर्षको पहिलो दुई चौमासिक उप्लब्धी मुलक : मन्त्री खनाल

दाङ, २० चैत्र । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो दुई चौमासिकमा भएका कार्यहरू सार्वजनिक गरेकाे छ । आज मङ्गलबार दाङकाे घाेराहीमा पत्रकार सम्मेलन गरी मन्त्रालयले आठ महिनामा भएका कार्यहरू सार्वजनिक गरेकाे हाे ।

Blog Post Ad

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आठ महिनामा निकै महत्त्वपूर्ण काम भएकाे जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री खनालले लुम्बिनी प्रदेशभित्र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न सरकारले जनताकाे स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएकाे बताए ।

Blog Post Ad

यस्ता छन् लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले गरेका काम

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आठ महिनामा गरेका कार्य

• पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीयतह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी निर्देशिका २०८० तयार गरी कार्यान्वयन सुरु गरिएको छ। यसै अनुसार नेपालमै पहिलो पटक बर्दघाट र सुनवल नगरपालिका पूर्ण संस्थागत प्रसुतियुक्त स्थानियतह घोषणा भएका छन्। मातृ मृत्युदर घटाउन यो कार्यक्रम निकै महत्वपूर्ण हुने छ ।

• आयुर्वेद कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८०, भान्साघर (खानपिन) सुधार कार्यक्रम निर्देशिका २०८० र स्वस्थ जीवनशैली प्रशिक्षक प्रशिक्षण तालिम म्यानुअल स्वीकृत गरी कार्यान्वयन सुरु गरिएको छ ।

• स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नविकरण तथा स्तरोन्नती सम्बन्धी (पहिलो संसोधन) ऐन २०८० र नियमावलीको पाँचौ संशोधन जारि गरिएको छ । यस्ले प्रदेश भित्रका सबै स्वास्थ्य संस्थाको अनुगमन, नवीकरण, स्तरोन्नती लगायतमा देखिएको समस्या समाधान गर्नेछ ।

• प्रयोगशाला सञ्चालन सम्बन्धी निर्देशिका जारी गरि प्रयोगशाला सञ्चलानमा ल्याइएको छ । यस संगै प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सबै सर्वसाधारणहरुको लागि गुणस्तरिय र सहुलिएतमा गुणस्तरिय परिक्षण सेवा सुरु गरिएको छ ।

• सिकलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीका परिवारहरुको लागि निःशुल्क बिमा कार्यक्रमको सुरुवात भएको छ ।

• प्रदेशमा भएको सिकलसेल एनिमियाको समस्या सामाधानको लागि बर्दियाको बारबर्दियामा रहेको आर सि मेमोरियल अस्पताललाई प्रदेश स्तरिय सिकलसेल अस्पतालमा स्तर उन्नति अन्तिम चरणमा रहेको र त्यसका लागि आवश्यक बजेट समेत स्थानिय तहमा हस्तारन्तरण भैसकेको छ। लमही अस्पतालमा पनि सिकलसेल, थालासेमियाको परिक्षण तथा निदान सेवा सुरु गरिएको छ ।

• अबकाशमा जाने ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मानजनक विदाई कार्यक्रम अन्र्तगत एकमुष्ठ ५०,०००।०० उपलब्ध गराउने कार्यक्रमको सुरुवात भएको छ ।

• कर्निया प्रत्यारोपन गर्ने बिरामीहरुको लागि निःशुल्क कर्निया (आँखाको नानी) प्रत्यारोपण कार्यक्रमको सुरुवात गरिएको छ । प्रदेशका ५ वटा अस्पतालसँग यस सम्बन्धी सम्झौता भैसकेको छ।

• यस बर्षमा प्रदेशमा रहेका बर्दिया अस्पताल, पृथ्वीचन्द्र अस्पताल नवलपरासी, कपिलवस्तु अस्पताल, रामपुर अस्पताल पाल्पा

र गुल्मी अस्पतालमा निशुल्क हेमो डायलाईसिस सेवाको सुरुवात भएको छ ।

• स्थायी/अस्थायी दरबन्दी खाली रहेका १०५ सिटमा भर्ना सुरु भएको छ ।

• हिमाली जिल्लामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको लागि प्रोत्साहन कार्यक्रमको सुरुवात भएको छ।

• ४० वर्ष माथिका नागरिकहरुलाई निःशुल्क मधुमेह (डाईबेटिज), रक्तचाप (ब्लड प्रेसर) मृगौला रोगको जाँच गर्ने कार्यक्रमको सुरुवात (स्वास्थ्य कार्यालय मार्फत) भएको छ ।

• ८० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा कार्यक्रम मार्फत हाल सम्म करिब २०,००० जना नागरिकहरुले सेवा लिइसक्नु भएको छ ।

• स्वास्थ्यकर्मिद्वारा क र ख बर्गका अपांगता भएकाहरुको घरमै गएर निःशुल्क उपचार कार्यक्रमको सुरुवात भएको छ ।

• समुदायमा रहेका ५ बर्ष मुनिका कुपोषित बालबालिकाहरुको खोजपड्ताल तथा व्यबस्थापन कार्यक्रमको सुरुवात गरिएको छ

• सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको निःशुल्क रगत परिक्षण गरि रक्तअल्पताको अबस्था पहिचान गरि रक्तअल्पता भएका किशोरीहरुको उपचार तथा व्यबस्थापन गर्ने कार्य सुरु गरिएको छ। प्रदेशका १०९ पालिकाका एक पालिका न्यूनतम दुई विद्यालयका दरले २५० भन्दा बढि विद्यालया कार्यक्रम सञ्चालनमा रहेको छ ।

• सड्क र्दुघटना न्युनिकरण गर्नको लागि सडक सहायता कार्यक्रमको सुरुवात भएको छ ।

• नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर लुम्बिनी प्रदेशमा भएकोले यस प्रदेशमा भएको मातृ मृत्युदर कम गर्न मातृ मृत्युको कारण पहिचान, अध्ययन र अनुसन्धान गरि मातृ मृत्युदर उच्च भएका पालिकाहरुमा आमा सुरक्षा विशेष कार्यक्रमको सुरुवात गरिएको छ, जस अन्र्तगत बांकको नरैनापुर गाउपालिकामा सिईओएनसि सेवा बिस्तारको लागि कार्यक्रम तय गरि बजेट समेत हस्तान्तरण गरिएको ।

• आयुर्वेद सेवाको विस्तारको लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीलाई आयुर्वेद अनुसन्धान केन्द्र सन्चालनको लागि कार्यक्रमको सुरुवात गरिएको छ ।

• लुम्बिनी आयुर्वेद चिकित्सालयलाई १५ शैयामा स्तर उन्नति गरिएको छ ।

• लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बहुउपयोगी १२ तले भवनको निर्माण कार्य सुरु गरिएको (टेन्डर भएको)

• लुम्बिनी प्रदेशिक अस्पतालमा यस कार्यकालमा सुरु गरिएका थप सेवाहरु

> क्याथल्याव सेवा सन्चालन

➤ Online नामदर्ता तथाल्याव रिपोर्टिङ सेवा सन्चालन

> बर्थिङ सेन्टर सेवा स्थापना

> 15 Bed क्षमताको SNCU स्थापना तथा सन्चालन गरिएको ।

6 Bed क्षमताको PICU स्थापना तथा सन्चालन गरिएको ।

८ वेड बाट विस्तार गरी NICU वेड संख्या १२ पुऱ्याइएको ।

इन्टेरेस्कोप सञ्चालन गरिएको ।

> बालउद्यान स्थापना गरिएको ।

> प्रसुति तथा महिला रोग र वालरोगका विरामीका लागि छुट्टै काउन्टर र ल्याव नमुना संकलनको व्यवस्था गरिएको

➤ Infertility Clinic सञ्चालन गरिएको ।

> विहान ९ बजेबाट विमाको औषधी रिफिल काउन्टरको शुरुवात गरिएको । > विहान ७ बजेबाट मधुमेह रोगका विरामीको सुगर परीक्षण गर्ने व्यवस्था गरिएको ।

> ल्याव रिर्पोट SMS बाट उपलब्ध गराउने व्यवस्था गरिएको ।

> एमआरआई खरिद प्रक्रिया अगाडि बढाईएको छ ।

• विद्यालय नर्स कार्यक्रम अन्र्तगत यस आर्थिक वर्षमा १७ वटा विद्यालयहरुमा सेवा सुरु गर्ने गरि विद्यालयको, विवरण तयार गरि विद्यालय छनौटको प्रकृयामा रहेको,

• बर्दिया अस्पतालको भवन निर्माण सम्पन्न भएको छ ।

• प्रस्तावित भालुवाङ अस्पतालको भवन निर्माणको लागि ठेक्का मुल्याङ्कन भै आशयको सूचना प्रकाशन भैसकेको छ ।

• राप्ती प्रादेशिक अस्पतालको २ सय बेडको ओ एन एम गरी स्वीकृतीका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।

• राप्ती प्रादेशिक अस्पतालमा यस अबधिमा सम्पादन गरेका कार्य तथा सेवाहरु :

> औषधि भण्डारण गृह निर्माण कार्य सुरु

> विशेषज्ञ सल्य चिकित्सा सेवा बिस्तार तथा मोडुलर ओ.टि सेटअप तयार गरिएको

> प्रयोगशाला स्तर उन्नति गरि माईक्रोबाईलोजी कल्चर सेवाको सुरुवात भौतिकपूर्वाधार /

भवन निर्माणतर्फ

• लुम्बिनी प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण थालनी,

प्यूठान अस्पताल भवन निर्माण

अर्घाखाँची अस्पताल भवन निर्माण

• टि.भी. अस्पताल भवन निर्माण, बाँके

• पृथ्वीचन्द्र अस्पताल भवन निर्माण

• कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र भवन निर्माण

• रुकुमपूर्व अस्पताल भवन निर्माण

• एकीकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल बेलझुण्डी दाङ भवन निर्माण

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र भवन निर्माण निरन्तरता

• ट्रमा सेन्टर भवन निर्माण निरन्तरता

सञ्चालनको तयारीमा रहेका कार्यक्रम

• प्रदेशभित्रका सबै अस्पतालको ओएनएम सर्वे गर्ने

• प्रदेशभित्रका सबै अस्पतालको अनलाइन नेटवर्किङ गर्ने, यस्ले एक अस्पतालले रिफर गरेर पठाउने अस्पतालमा बेड भए

नभएको, चिकित्सक भएनभएको जस्ता विषय सुनिश्चित गर्न सहयोग हुनेछ । •

पठेघर परिक्षण/अप्रेसन शिबिर सञ्चालन

बजेट खर्चको अबस्थाः पुजीगत खर्च ४६ प्रतिसत

जनशक्ति व्यवस्थापनः

प्रदेशमा रिक्त रहेका सबै अस्पताल र स्वास्थ्य कार्यालयहरुलाई सहायक स्तरका कर्मचारीहरु आफै नियुक्ति गर्ने अधिकार दिई पदपुर्ति

समेत भै सकेको छ भने अधिकृत तथा विशेषज्ञ पदको लागि एक पटक बिज्ञापन गरि केहि बिशेषज्ञहरु नियुक्ति गरिएको र हाल पुन १०५ जनाको बिज्ञापन भएको छ ।