मजदुरद्वारा घोराही सिमेन्टको चुनढुंगा खानी बन्द

केदार परियार

दाङ, २९ माघ । घोराही सिमेन्ट इन्डष्टीको चुनढुंगा उत्खनन बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ तापामा काम गर्ने मजदुरले खानी बन्द गरेको छन् ।

Blog Post Ad

उक्त चुनढुंगा खानीमा काम गर्ने मजदुरलाई  बिचल्ली बनाएको मजदुरले  बताए  महिना १० दिन मात्र काम लगाउनेगरेको मजदुर आनाराम बिकले बताए । उनी बिकले १० दिन मात्र काम दिदा आफुहरु बाहिर गयर काम गर्ने अवस्था पनि छैन र आर्थिकरुपमा पनि समस्या परेको गुनासो सुनाए ।

Blog Post Ad

धेरै पटक कम्पनी सामु माग राख्दा पनि सुनाई नभएपछि माघ २६ गते देखि उत्खनन काम पुर्ण रुपले बन्द गरेको समेत बताए हाम्रो माग पूरा महिना काम गर्न पाउन पर्छ भने त्यो माग पूरा नभए सम्म हामिले बन्द गर्ने अर्का मजदुर भिमनिध तिवारीले बताए ।

उक्त चुनढुंगा उत्खनन खानीमा ३५ जना मजदुर रहेको छ्न।