घोराहीमा मंगलबार विद्युत अनियमित हुने

दाङ, २९ माघ । घोराही क्षेत्रमा भोलि (मंगलबार)विद्युत लाइन अनियमित हुने भएको छ । घोराही बितरण केन्द« अन्तरगत ३३/११ केभी घोराही सबस्टेसनको फिडरका ब्रेकरहरु मर्मत गर्न लागेकाले लाइन अनियमित हुनसक्ने प्राधिकरणले जनाएको छ ।

Blog Post Ad

नेपाल विद्युत प्राधिकरण घोराहीले मंगलबार बिहान ९ बजे देखि साझ ५ बजेसम्म सबस्टेसनबाट वितरित विभिन्न स्थानका ५ देखि ७ वटा फिडरहरुको मर्मत गर्न लागेको वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिनुभयोे ।

Blog Post Ad

उहाँका अनुसार एउटा फिडर मर्मत गर्न न्युनतम ३० मिनेट देखि एक घन्टा सम्म लाग्ने भएकाले मंगलबार दिनभर घोराहीका विभिन्न स्थानमा  फरक-फरक समयमा अनियमित हुने बताउनुभयो । काम सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।