थारु सङ्ग्राहलय पर्यटकीय गन्तब्यका साथै अनुसन्धान केन्द्र बन्दै

दाङ, २४ माघ । दाङको दङ्गीशरण गाउँपालिका वडा नम्बर-३ चखौरामा रहेको थारु सङ्ग्राहलय पर्यटकीय गन्तब्यकासाथै अनुसन्धान केन्द्र पनि बन्दै गएको छ ।

Blog Post Ad

दाङको तुलसीपुर बजारदेखि ६ किलोमिटर पश्चिमतर्फ रहेको थारु सङ्ग्रहालयमा आन्तरिक पर्यटकको घुइँचो  हुने गरेको हो । लोप हुँदै गएका थारु समुदायमा मौलिक घर र अन्य सरसामान हेर्न मात्र नभइ थारु संस्कृति र जीवनपद्धतीबारे अनुसन्धान गर्न पनि विभिन्न ठाउँबाट पुग्ने गरेका छन् ।

Blog Post Ad

सङ्ग्रहालयमा जन्मदेखि मृत्युसम्मका संस्कारमा चाहिने सबै सामग्री राखिएका छन् । कतिपय आफूले नदेखेका र कतिपय देखे पनि प्रयोग गर्न छोडेका तर आफ्नो इतिहास र पहिचानसँग जोडिएका सामान देख्दा खुसी लागेको कोहलपुरका रामकुमार थारुले बताउनुभयो ।

सङ्ग्रहालय स्थापना भएको ५ वर्ष भएको छ । सङ्ग्राहलयमा दङ्गहा थारु, देउखर्‍या थारु, राना, कठर्‍या, डगौरा, चितवन्या र मोरङ्या थारुहरुको कला संस्कृति, भाषा, गरगहना, खानपान र पहिरनलाई समेटेर अनुसन्धान केन्द्रकै रुपमा विकास गरिएको सङ्ग्रहालयका व्यवस्थापक शान्ता चौधरीले जानकारी दिनुभयो ।