तुलसीपुर उपमहानगरको अनुगमन, व्यापारीको अटेरी

दाङ, २३ माघ । तुलसीपुर क्षेत्रका अधिकांश पसल मापदण्ड बिना सञ्चालनमा रहेको पाईएको छ । अर्कोतिर म्याद गुज्रिएका वस्तु भेटिने क्रम रोकिन सकेको छैन ।

Blog Post Ad

आज मंगलबार तुलसीपुर ६ हात्तीखौवामा रहेको १६ वटा पसलको अनुगमन गरेको तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले जनाएको छ । अनुगमनका क्रममा एउटा पसलमा डेरी व्यवसाय भनेर व्यवसाय दर्ता गरेको तर चाउमिन लगाएतका खाजा बिक्री गरेको पाईएको हो ।

Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले गरेको अनुगमनको क्रममा यस्तो भेटिएको हो । शाखा प्रमुख रेखा शर्माका अनुसार व्यवसायीलाई पुणर् रुपमा करको दायरामा आउन एक हप्ताको समयसिमा दिईएको छ ।

त्यस्तै सोही पसलमा करिब ३ हजार मूल्य बराबरको म्याद गुज्रिएका जुस, बिस्कुट लगाएतका खाद्य सामग्री बरामद गरिएको शाखा प्रमुख शर्माले बताउनुभयो । अधिकांश पसल विना दर्ता सञ्चालनमा रहेको पाईएको प्रमुख शर्माले बताउनुभयो । उक्र स्थानमै सञ्चालनमा रहेका मासु पसलले मापदण्ड पुरा गरेको भएपनि सरसफाईमा कमी देखिएको उहाँले बताउनुभयो । सरसफाईमा कमी देखिएकाले सरसफाईमा जोड दिन सुझाव दिएको उहाँको भनाई छ ।

जतिसुकै बजार अनुगमन गर्दा समेत व्यापारीले अटेर गर्दै म्याद गुज्रिएका सामग्री वितरण गर्न नछाड्दा आम उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले उपभोक्तालाई समेत सामान खरिद गर्दा सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै व्यवसायीले मनग्य आम्दानी गर्ने उद्देश्यले जानाजान अखाद्य सामग्री बिक्रि वितरण गरेपनि उपमहानगरले नियमित अनुगमन गरिरहने र त्यस्ता व्यापारीलाई कानुन अनुसार कारबाही गर्न आफु पछि नहट्ने उहाँले बताउनुभयो ।