दाङमा बाजा बजाउने आमाहरू

दाङ, ११ माघ । नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्त्व हुन्छ । त्यस्ता साईतहरूमा मङ्गल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन पनि रहेको छ । मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।विभिन्न स्थानका विवाह,पुजापाठ,मेला-महोत्सव,महायज्ञ,सभा-समारोहमा पञ्चेवाजा धेरै ठाँउमा पुरुषलेनै बजाएको देखिन्छ । दाङमा भने आमाहरूले बाजा बजाउने गरेका छन् ।

Blog Post Ad

परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यबसायिक रुपमा बजाउन थालेका छन् ।

Blog Post Ad

तुलसीपुर उपमहानगरपालीका वडा नम्वर ४ मजुवामा गठन गरेको जनचेतना आमा समुहले व्यवसायीक रुपमा बजाउदै आएको छ । वि.सं २०७५ सालको साउनमा जनचेतना आमा समुह गठन भएको थियो । स्थानीय दिदिवहिनीहरु मिलेर गठन भएको समुह आजभोली पञ्चेबाजा समुहबाट चिनिन थालेको छ ।

समुहमा रहेकी कल्पना रेग्मी वली दमाह बजाउनुहुन्छ् । पछिल्लो समय युवा पुस्तामा पञ्चेबाजा लोप हुदै गएकाले संरक्षण गर्न समुहमा जोडीएको वलीले बताउनुभयो ।भावी पुस्ताको लागी संस्कृति संरक्षणमा लागेको उहाँको भनाई छ ।समुह गठन गरेको पाँच बर्ष भएको छ ।

पञ्चेबाजा खरीद गरेको अहिले दुई वर्ष भयो । समुह गठन भएदेखी आमा समुहले हरेक वर्षको तिहारमा देउँसी भैलो खेल्दै आएको छ । देउँसी भैलोवाट संकलीत रकमले सुरुवातका वर्षहरुमा गाँउघरका लागी आवश्यक भाँडावर्तन,टेन्ट सेट,विवाहका लागी कुर्सी सहितका सामाग्री खरीद गरेको जनचेतना आमा समुहका अध्यक्ष कस्तुरा खड्काले बताउनुभयो ।

मजुवा क्षेत्रमा अधिकांश रोल्पा र रुकुम जिल्लाका विभिन्न क्षेत्रहरबाट दाङ बसाइसराइ गरेर आएको वाक्लो बस्ती छ । छोराछोरीको विवाह,पजा,विभिन्न पर्वहरुमा रमाइलो गर्न गाँउमा पञ्चेवाजा नभएपछि गरीद गर्ने योजना बनेको अध्यक्ष खड्काले बताउनुभयो ।आमा समुहमा पञ्चेबाजाको तयारी गर्दा सुरुवाती चरणमा समस्या नआएको भने होइन ।

समाजमा उनिहरुलाई दमाइ समुदायले गर्ने काम क्षत्रीले के गरेको ? भनेर घृणा गर्नेको जमात पनि धेरै थियो । परिवारबाट भने समुहले राम्रो सहयोग पाइरहेको थियो । बाजा जातले होइन सिप भएकाले मान्छेले बजाउने साधन हो भन्नेमा उनिहरु विश्वस्त भैसकेका थिए ।

अहिले सबैै क्षेत्रवाट सहयोग पाउदा आफुहरुलाई खुशी लागेको खड्काले सुनाउनुभयो। समुहमा बाजा बजाएर आम्दानी भएको रकमवाट समुहकै लागी आवश्यक सामाग्री खरीद गर्ने गरीएको छ।

उहाँका अनुसार सुरुमा पञ्चेवाजा बजाउने अनुभव समुहमा कसैलाई थिएन । सबै इच्छुक देखिएपछि प्रशिक्षक बोलाएर पञ्चेबाजा बजाउने तालीम दिएको थियो । पञ्चेबाजामा सबैभन्दा बजाउन अप्ठेरो सनाहीलाई मानीन्छ । सनाही पनि सजिलै बजाउछन उनिहरु ।

तालीम लिएपछि अहिले आमा समुहका सबैजना बाजा बजाउन सक्ने भएका छन ।समुहमा अहिले गुरुवाजा,दोस्रो,तेस्रो,चौथो, ट्याम्को,चिल्लर,सनाही लगाएतका बाजाहरु छन ।

दुई वर्ष अघि करीब १ लाख ५० हजारको लागतमा बाजाहरु खरीद गरेर ल्याएका थिए । आजभोली आमा समुह व्यवासायीक रुपमा पनि काम गर्न थालेको छ ।

ठाँउ र समय हेरेर १० हजार भन्दा माथी एक ठाँउमा पञ्चेबाजा बजाएको सेवाशुल्क वापतको रकम समुहले लिने गरेको छ । वार्षिक रुपमा सरदर १ लाख रुपैयाँ आम्दानी गर्ने गरेको खड्काले बताउनुभयो ।

पञ्चेबाजा पाँच बाजाहरूको समुह हो । दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहरका रुपमा लिने गरीन्छ ।

नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ । त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ । तर शहरी भेकमा भने आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ ।