नेपालमै बसेर कृषि पशुपालन र व्यवसाय गरीरहेका युवालाई सम्मान गर्ने अभियान सञ्चालन गर्नु पर्छ

हेमराज अधिकारी

Blog Post Ad

निरासाको कालो बादल आजकल जहाँ पनी मडारीको देखिन्छ सयौ बेचैनी मन र मस्तिस्कहरु सडकमा एकोहोरो हिडिरहेका छन् । चिया पसल देखी पारीलो घाममा बदाम फोक्दै गरेकाहरु पनी समस्याका पहाडहरु मात्र देखिरहेका छन् । बलिया पैतालाले पौरखी हात पाखुराले ति समस्याका पहाड चढ्न आट साहस गर्दैन युवा सहज र सजिलो तबरले वायुयानको सहाराले ति समस्या र निरासाको पहाड छिचुल्न लाखौ रुपैयाहरु खर्च गरेर परदेश हुन तयार छ ।

Blog Post Ad

आट भरोषा हौसला किन पाउन सकेन युवाले ।भरोसा हराउदै गएको छ जोस जागर हिम्मत सम्भावना सबै असम्भव झै लागीरहेको छ युवाहरुलाई ।
हिजो उच्च शिक्षाको लागी गाँउ छोड्यो मेहनत गर्यो राम्रै तरिकाले केही प्राविधिक तथा अप्राविधिक शिक्षा लियो तर उसलाई सिकाईएन परिक्षा पास पछिको जिवन यापन गर्ने तरीकाहरु ।

हिजोका दिनमा हाम्रो स्कुल कलेज मा राम्रो शिक्षा दिईन्छ भनेर ठुला ठुला विज्ञापन गर्ने शिक्षा क्षेत्रहरु राम्रै नंम्बर लिएर पास भएको विद्यार्थीको अध्यन समाप्त पछी किन लिन सकेन ति विद्यार्थीहरु भविष्यको जिम्मेवारी पास भएकोमा बधाई र कलेज बाट विदाई मात्र हो विदाई पछि स्वागत हुने ठाउ वा क्षेत्र न भनीकन अलपत्र तवरले विदाई गर्न पाईन्छ ? अहिलेको मुख्य प्रश्न यो हो। को हो त्यसको जिम्मेवार कतै अलपत्र पारिरहेको त छैन हाम्रा कलेज र विश्व विद्यालयहरुले।

त्यो जोस जागर त्यो आसा अपेक्षा त्यो सपनामा कतै बाट आसा भरोषा पाउन न सकेपछि उ गाउ छोड्ने भयो देश छोड्ने भयो। विदेश उड्दै गरेको युवालाई अन्तराष्टिय विमान स्थलमा फुल माला खादा ले स्वागत सम्मान वधाई र फेसबुकका भित्ताहरु रंगीन हुन्छन् । देशमै केही गरौ भनेर माटो संगै खेल्दै गरेको माटोमै पसिना बगाई रहेको युवा , व्यवसायिक कृषि वा पशुपालन गर्छु भनेर खाबा र बला बोक्दै गरेको युवा ,गाई भैसीको फर्म गर्छु भनेर लगानी खोजी रहेको युवालाई, गोबर फाल्दै गरेको युवाहरु लाई कसले दिने साथ कसले गर्छ हिम्मत देशमै बसेर देशकै माटोमा श्रम पसिना बगाउन लागेको युवालाई खादा र माला लगाई सम्मान गर्न ।

अब देशमै बसेर कृषि पशुपाल गर्दे गरेको खेत बारीमा तरकारी खेती गर्दै गरेको युवा गाई वा भैसी फार्ममा गोबर सोहर्दै गरेको युवालाई हौसला दिन साथ दिन सहयोग गर्न देशमै राख्न खादा माला सहितको सम्मान अभियान नै सञ्चालन गर्नु पर्छ ।

देशी विदेशी वाद र सिद्धान्तका सयौ प्रशिक्षण र भाषण सुनेको युवा किन यो देशमा आफ्नै माटोमा आत्म निर्भर हुन सक्दैन ।कसले र कुन दल ले सिकाउने देशमै आत्मनिर्भर हुने ज्ञान ,कृषि र पशुपालन कसरी गर्ने उत्पादन र बजारीकरणको जिम्मा कुन दल ले लिने हो ? कि नेताको काम भनेको भाषण दिदै जाने प्रशिक्षण दिदै जाने चुनावमा युवालााई जिन्दावाद र मुर्दावाद भन्न लगाउने चुनाव जितेपछि ति युवाको अवस्था जस्तो भए पनी वास्ता न गर्ने भजन मण्डलीहरुको कोटरी झुण्डहरुको हनुमानहरुलाई अगाडी पछाडी राख्दै तिनैको जयजयकार र हनुमान नाच हेर्दै अविवादन गर्दै हिड्ने ।

देश बनाउन कतै कतै कसै कसैले देश बनाउन युवा विदेश पलाएन भएर हुदैन देशमै बस्नुपर्छ भन्ने गरेका भाषण पनि सुनीन्छ। कोही कोहीले विदेश गएका युवालाई देश फर्काने अभियान सञ्चालन गर्नुपर्छ भनेको पनी सुनिन्छ । देशमै बाकी भएका युवाहरुलाई केही गर्न नसक्ने । रोजगारी र स्वरोजगारी उद्यमशिलताको कुनै ज्ञान र योजना नभएका भाषणवाज नेताहरुको जनतालाई अलमलाउने अर्को राजनितिक नारा शिवाय अर्को कुनै विकल्प होईन भनेर बुझ्नको लागी आजकल साझ ७ बजेको समाचार सुन्न पर्दैन स्मार्ट समयका युवाहरुले दिउसो ३ बजेनै स्मार्ट फोनमै हेरेर सुनेर पढेरै हासेर पचाईदिन्छन ।

निति बनाउने राजनिती र राजनितीमा सहभागी भएका नेता र नेतृत्वले कहिले थाहा पाउनेहुन किन दैनिक हजारौ युवा देश छोडेर जादैछन् । तुफान आउनु अगाडीको शान्त मौसम छ आजकल युवा देश अनी नेपाली राजतिनी समयमै पुर्व तयारी गरीएन भने यो व्यवस्था त्यो मान सम्मान प्रतिष्ठा कतीबेला कहाँ सोत्तर हुने हो समयमै चेतना भया……