स्वर्गद्धारी आश्रममा पालिएका गाईलाई पराल दान

श्रवण कुमार यादव

Blog Post Ad

दाङ, ३ मंसिर । प्युठानकाे स्वर्गद्धारी आश्रममा पालिएका गाईलाई पराल दान गरिएको छ । स्वर्गद्वारी महाप्रभुका कृपाले बिगतका वर्षहरूमा झैं यो वर्ष पनि स्वर्गद्वारीमा आश्रित रहेका गाईहरुका लागि २४ ट्याक्टर पराल हस्तान्तरण गरिएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल सिंह ठकुरीले जानकारी दिनुभएको छ ।

Blog Post Ad

उहाँले हरेक वर्ष हिउदको समयमा गाई पाल्न समयस्या भएपछि बिगतका वर्षहरु झैं यस वर्ष आश्रमका गाईलाई घाँसको सहजताको लागि हस्तान्तरण गरिएको बताउनु हुन्छ।

उक्त पुनीतकार्यमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, वडा नं १ का वडा अध्यक्ष दामोदर पौडेल, वडा नं ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नं. ४ का वडा अध्यक्ष सुबाश न्यौपाने, वडा नं. ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, वडा नं. ७ का वडा अध्यक्ष मोहन गिरी, वडा नं. ८ का वडा अध्यक्ष उमेश कुमार खड्का, देउखुरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, युवा व्यवसायी सन्तोष कुमार बुढाथोकी, कुलदीप के.सी, अनिल कुमार मन्त्री, पिन्टु कुमार गुप्ता, दिनेश जैसवाल, राज किशोर कशौधन, रुपन्देही तिलोत्तमा २ निवासी विष्णु कुमार विष्ट लागायतका समाजसेवी, उद्योगी, व्यवसायीको उपस्थितीमा पराल दान गरिएको हो ।