घोराहीमा २८ औं राष्ट्रिय कन्डम दिबस मनाईयो

दाङ, २९ असोज । कन्डम दिबस घोराहीमा एक कार्यक्रम गरी मनाईएको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा दिवस मनाईएको हो ।

कन्डमको सहि प्रयोगले दिन्छ, एच आइ भि यौन रोग र नचाहेको गर्भबाट सुरक्षा भन्ने मुल नाराका साथ मनाईएको दिवमा बोल्दै प्रमुख अतिथी चौधरी, वडा नंम्वर १४ का अध्यक्ष भानसिङ बुढा, १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, स्वास्थ्य शाखाका प्रमुख नारायनप्रसाद घर्ति, सिसा नेपालका केन्द्रिय अध्यक्ष साजिदा सिद्यिकीले बोल्नु भएको थियो ।

Blog Post Ad

बक्ताहरुले मानिसका लागी दैनिक जिवनमा कण्डम निकै उपयोगी साधन भएको बताएका थिए । यसको प्रयोग गर्न सहज र अधिकांश मानिसहरूको लागि उपयुक्त हुने भएकाले पनि पुरुषका लागि बनेको यो साधन सबैले प्रयोग गर्न सुझाएका हुन् । कण्डमको प्रयोगले विभिन्न भाइरस सहित यौन सम्पर्कबाट सर्ने रोगहरूको जोखिमहरूलाई कम गर्ने बताएका हुन् ।

Blog Post Ad

स्वास्थ कार्यालय दाङ, घोराही उपमहानगरपालिका, नेपाल परिवार नियोजन संघ दाङ शाखा, हेल्थ फाउन्डेसन नेपाल , सिसा नेपाल, स्वास्थका लागि सक्षम प्रणाली, लायन्स कृप अप घोराही, नागार्जुन डेभलपमेन्ट कमिती दाङ, चेन्ज टिम दाङ र मानव स्वास्थ समाज दाङ्को संयुक्त आयोजनामा सुचना शिक्षा सामग्री प्रदर्शनि तथा अन्तरक्रिया कार्यक्रम घोराहिको तुल्सिपुर चोकमा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो ।