Ad Area Ad Area
Ad Area
Ad Area

दाङमा एक लाख २० हजार ५ सय ८५ जनाले भोट हालेनन्

दाङ, ३१ बैशाख। दाङमा शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ७१ दशमलब ६१ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार ४ लाख ३ हजार ६ सय ८३ जना मतदाता रहेको र २ लाख ८३ हजार ९८ जनाले मतदान गरेका छन् । यसरी हेर्दा एक लाख २० हजार ५ सय ८५ जनाले भोट हालेका छैनन् ।

एक लाख २८ हजार ९ सय ७६ जना पुरुष र एक लाख ५४ हजार १ सय २२ जना महिलो भोट हालेका छन् ।

Blog Post Ad

जस अनुसार गढवामा २१ हजार ६ सय ५५ जना, घोराहीमा ७६ हजार ५ सय २१ जना, तुलसीपुरमा ६९ हजार ९ सय ६७ जना, दंगिशरणमा १३ हजार ८७ जना, बंगलाचुलीमा १० हजार ३३ जना, बबईमा १५ हजार ४ सय २४ जना, राजपुरमा ११ हजार ७ सय ४१ जना, राप्तीमा २३ हजार ५ सय १८, लमहीमा २५ हजार ६ सय ४९ जना र शान्तिनगरमा १४ हजार ८ सय १ जनाले मतदान गरेको निर्वाचन कार्यालयको भनाई छ ।

Blog Post Ad

Ad Area