Ad Area Ad Area
Ad Area
Ad Area

लमही नगरपालिकाको मतगणना सुरु

दाङ, ३१ बैशाख। दाङको लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै लमही नगरपालिकाको मतगणना सुरु भएको हो ।

लमही नगरको सर्वदलीय बैठक सकिएपछि वडा नम्बर ९,५ र १ बाट भर्खरै मत गणना सुरु भएको छ । मेयर र उपमेयरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। 

Blog Post Ad

काँग्रेसबाट मेयरमा जोगराज चौधरी उपमेयरमा लक्ष्मी योगी,एमालेबाट मेयरमा दण्डिराम चौधरी उपमेयरमा सुशीला चौधरी र माओवादी केन्द्रबाट मेयरमा बसन्तराज शर्मा र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दिएकी छिन्।

Blog Post Ad

Ad Area