Ad Area Ad Area
Ad Area
Ad Area

दाङका सीमावर्ती क्षेत्रबाट दशघण्टा पैदल हिँडेर मतदान केन्द्रमा पुगेर मतदान

शिवु खनाल
देउखुरी, ३० बैशाख। आसन्न स्थानीय तह निर्वाचनमा नेपाल–भारत सीमावर्ती क्षेत्र दाङका नाकाबासीहरुले दश घण्टा पैदल हिँडेर मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । शुक्रवार भएको स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर १, ६ र ७ नम्बर वडाका नाकाबासीहरु दश घण्टा पैदल हिँडेरै अघिल्लो दिन बिहीवार मतदान केन्द्रमा पुगेका थिए ।

नेपाल–भारत सीमावर्ती क्षेत्र राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका लगायतबाट दुईसय जना गुरुङ्खोला स्थित आधारभूत मा.वि, ६ नम्बर वडा खांग्रनाका लगायतबाट तीनसय ५० जना रात्री प्रा.वि गंगदी र ७ नम्बर वडा भैसाहीँनाका लगायतबाट पाँच सयजना नाकाबासीहरुले आधारभूत मा.वि सिक्टा स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । दाङको सीमावर्ती क्षेत्रमा करिब दुईहजार मतदाता रहेका छन् ।

Blog Post Ad

उनिहरु बिहीवार विहान ५ बजे सीमावर्ती क्षेत्रबाट पैदल हिडेका बेलुकी ४ बजे मतदान केन्द्र नजिकै कोही आफन्तको घरमा, विद्यालयमा, कोही गाउँपालिकाको भवनमा बास बसेका हुन् । राजनीतिक पहुँच नभएका कारण सीमावर्ती क्षेत्रमा मतदान केन्द्र नराखिदिएपछि आफूहरु दशघण्टा हिँडेर मतदान केन्द्रमा पुगेर मतदान गर्नु परेको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी सन्देश र्घीले बताउनुभयो ।

Blog Post Ad

घरमा लालाबाला छोडेर अघिल्लो दिन घरबाट हिडेयाँै । मतदान केन्द्रमा पुगेर मतदान गर्न हामीलाई तीन दिन लाग्ने भयो, भोलि नै आउँदा भोट हाल्न भ्याइँदैन, गतिलो सडक नभएकै कारण भोट हालेर भोलि नै घर पुग्न सकिँदैन, र्घीले भन्नुभयो,–। ‘बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि सीमावर्ती क्षेत्रमै मतदान केन्द्रको माग गरेको भएपनि केन्द्र नथपिने भएपछि मतदान गर्न फेरी दशघण्टा पैदल हिडेर मतदान गर्न जानुपर्ने भएको छ ।’

उहाँका अनुसार नाकामै रहेका विद्यालयमा मतदान केन्द्र माग गरिएको भएपनि गाउँपालिकाबाट त्यो सम्भव नहुने देखिएपछि विगतमा जस्तै सीमावर्ती क्षेत्रबाट दशघण्टा पैदल हिडेर मतदान केन्द्रमा जानुपर्ने बाध्यता भएको हो । २०७४ सालको निर्वाचनमा पनि यस्तै समस्या खेप्नुपरेको थियो, उहाँले भन्नुभयो,—। ‘विगतका वर्षमाझैँ यसपटकको स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित नबनाउन गाउँपालिका र आयोगसंग माग गर्नुभयो ।’

Blog Post Ad

उहाँले वडाकै मा.वि सिक्टामा मतदान गर्न सीमावर्ती क्षेत्रका नाकाबासीहरुले दशघण्टा पैदल हिडेर जानुपर्ने भएको हुँदा मतदानबाट धेरै पटक बञ्चित हुनु परेको स्मरण गर्नुभयो । भारतसंग जोडिएका दाङका अधिकांश सीमावर्ती क्षेत्रका नाकाबासीहरुलाई निर्वाचनको बेला मतदान गर्न एकदिन अगाडिनै पैदल हिडेर जानुपर्छ ।

Blog Post Ad

त्यसैले गर्दा अधिकांश मतदाता मताधिकारबाट वञ्चित हुँदै आएका छन्, राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका निवासी प्रमोद घर्तीले भन्नुभयो,–। ‘२०७४ सालको तीनवटै तहका निर्वाचनमा सीमावर्ती क्षेत्रबाट जम्मा विस प्रतिशतले मात्रै मतदान गरेका हुन् । मतदान केन्द्र नपुग्दै मतदान गर्ने समय सकिने भएका कारण पनि धेरै मतदाता नजाने अवस्था रहेको छ ।’

शुक्रबार मतदान गरेपछि उनीहरु शनिबार घर फर्किनेछन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा करिब दुईहजार मतदाता रहेका छन् । जसमध्ये मतदता नामावलीमा नाम भएका वृद्ध अवस्थाका बाहेक अरु मतदान गर्न पुगेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी शसिराम विकले ७८ वर्षीय च्याउचि विक र ७० वर्षीय काशिराम विक, ६८ वषीैय धनसरी विकलाई बोकेर ल्याएको बताउनुभयो । अन्य केही मतदाता भने मतदान गर्न आउँन सकेनन् ।

घरमा गाइवस्तु हेरचाह गर्नुपर्नेहरु भने मतदान गर्न नआएको नाकाबासीहरुको भनाइ छ । यता राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले आफु निर्वाचित भएदेखि नै आफ्नो पालिका अन्र्तगत पर्ने १, ६ र ७ नम्बर वडामा पर्ने सीमावर्ती क्षेत्रमा मतदान केन्द्र स्थापनाका लागि पहल गरिरहेको तर, माग भने हालसम्म पूरा नभएको बताउनुभयो ।

Ad Area