Ad Area Ad Area
Ad Area
Ad Area

दाङमा मौन अवधिको व्यापक उलंघन, आयोगद्धारा कारबाहीको चेतावनी

दाङ,२९ वैशाख । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्नु हुँदैन । तर यता दाङमा भने विभिन्न पदमा उम्मेद्वार भएकाहरुदेखी लिएर प्रदेश सभा सदस्यसम्मका नेताहरु प्रचारमा हिडेको पाईयो ।

मौन अवधि सुरु भएको पहिलो दिनमै घोराही १० मा विहानै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सांसद दामा शर्मा भेटिनु भएको थियो । अर्कोतिर कार्यकर्ता र शुभचिन्तकले त भोट मागेकै छन् भने अर्काेतर्फ गठबन्धनका तर्फबाट केही उम्मेद्वारहरु सामाजिक सञ्जाल फेसबुकमा फेसबुक लाईफ आएर सम्म भोट माग्न भ्याएको देखियो ।

Blog Post Ad

यस्तै दाङसहित भौतिक रूपमा नारा जुलुस, भेला, र्‍याली लगायतका गतिविधि निकै कम भए पनि सामाजिक सञ्जालमार्फत हुने प्रचार भने रोकिएको छैन । फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, टिकटक लगायतका सामाजिक सञ्जालमा डलर तिरेर स्पोन्सर गरेका प्रचार सामग्री प्रशस्तै भेटिएका छन् । यस्ता सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्न पनि नपाइने आयोगले बताएको छ तर अहिले प्रचार सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्नेहरू छ्यापछ्याप्ती भेटिएका छन् ।

Blog Post Ad

आयोगले हिजो राति १२ बजेअघि नै स्पोन्सर गरिएका सामग्री निष्क्रिय बनाउन या हटाउन निर्देशन दिए पनि सामाजिक सञ्जालका भित्ता दल र उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् ।

यस्तै निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रचार सामग्री राख्ने र त्यसमा लाइक, कमेन्ट र शेयर गर्नेहरूलाई पनि कारबाही हुने चेतावनी दिनुभयो । ‘हामीले त्यस्ता सामग्री हटाउन भनेका छौँ ।

Blog Post Ad

त्यस्ता सामग्रीमा लाइक, शेयर र कमेन्ट नगर्न भनेको छौँ, कसैले अटेरी गर्छ भने आयोगमा नेपाल प्रहरीको साइबर ब्युरो सहितको टास्क फोर्स छ, त्यसले कारबाही गर्छ । त्यस्ता सामग्री राखिएका पेजहरू ब्लक हुन सक्छन्, त्यसैले कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालको प्रयोग नगरौँ’, अर्यालले भन्नुभयो ।

Blog Post Ad
Ad Area