Ad Area Ad Area
Ad Area
Ad Area

दाङका झन्डै ७४ प्रतिशत नागरिक खानेपानीको पहुँचमा

दाङ,२७ बैशाख । दाङका झन्डै ७४ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म झन्डै ८२ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्य रहेको छ ।

Blog Post Ad

आयोजना सम्पन्न हुन थालेपछि दाङका नागरिकमा खानेपानीको पहुँच बढ्दो छ ।

Blog Post Ad

प्रदेश सरकार स्थापनापछि खानेपानीका आयोजना निर्माणको काम छिट्टै हुन थालेकाले पाइप लाइनको खानेपानीको पहुँच पुग्ने घरधुरी धेरै भएको खानेपानी कार्यालयको भनाइ छ ।

अहिले पनि दाङमा सात वटा बजेट उपशीर्षकमा प्रदेशको आन्तरिक श्रोतबाट २ सय ६१ र सङ्घको सःसर्त अनुदान तर्फका ७६ गरी ३ सय ३७ वटा आयोजना कार्यान्वयनको चरणमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख भोलाप्रसाद थापाले जानकारी दिनुभयो ।

Blog Post Ad

प्रदेश सरकार अन्तर्गतका आयोजनाको काम छिटो भए पनि सङ्घीय सःसर्त तर्फका आयोजनाको प्रगति भने कम छ । बजेट थोरै आउने हुँदा ती आयोजना कार्यान्वयनमा ढिलाइ हुने गरेको कार्यालयको भनाइ छ ।

Blog Post Ad

अहिले सञ्चालनमा रहेका सङ्घीय सःसर्त तर्फका आयोजना सम्पन्न भए दाङका ९५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले जनाएको छ ।

Ad Area