Ad Area Ad Area
Ad Area
Ad Area

साग स्वर्ण पदक विजेता सञ्जु मृत अवस्थामा फेला, शव नेपालगञ्ज पठाइने

दाङ,२७ बैशाख । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् ।

प्रशिक्षणकै क्रममा केहि दिनदेखि ललितपुरको महालक्ष्मी नगरपालिका– ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले जानकारी दिए ।

Blog Post Ad

वरिष्ठ सई बरालका सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ । प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले जानकारी दिए ।

Blog Post Ad

बाँके राप्तीसोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुईवर्ष अघि स्वदेशमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् । उनी केहि दिन अघि भएको एसियाली छनोटमा भाग लिन राजधानी आएकी थिइन् ।

नेपाल भारोत्तोलन संघका महासचिव एवं पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताले सोमबार प्रशिक्षक महर्जनको घरमा भोज हुँदा सञ्जुसँग भेट भएको र उनलाई आफूले सामान्य अवस्थामा पुगेको जानकारी दिए ।

Blog Post Ad

वरिष्ठ सई बरालका अनुसार सञ्जुको काका काकीको रोहबरमा मुजुल्का उठाउन काम भइरहेको छ ।

Blog Post Ad

सन्जु चाैधरीको शव नेपालगञ्ज पठाइने

भारोत्तोलनतर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस) ले जानकारी दिए ।

त्यसअघि घरेलु भूमिमा भएको १३ औं सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिने श्रेष्ठले बताए । ‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौं । लगत्तै शवलाई नेपालगञ्ज पठाउँछौं,’ श्रेष्ठले भने । 

अहिले सन्जुको शव पाटन अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।  

यसअघि मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत अवस्थामा भेटिएकी थिइन् । 

अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग रमाएकी सन्जु बिहान एक्कासि कोठामा झुण्डिएको अवस्थामा भेटिएकी श्रेष्ठले बताए ।  

सन्जु सागमा भारोत्तोलनतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् । २३ वर्षीय सन्जु हाल चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीमा थिइन् ।

Ad Area