Ad Area Ad Area
Ad Area
Ad Area

इच्छाराजको सिटीसी मल लिलामीमा

दाङ, २७ वैशाख । सिभिल स्टेट्स प्रालिको लगानी रहेको सिटीसी मल लिलामीको सूचना प्रकाशित भएको छ । काठमाडौंको सुन्धारामा रहेको सिटीसी मलको लिलामी प्रक्रिया अघि बढाइएको हो ।

मल लिलामीको निम्ति कर्मचारी सञ्चयकोषले आज ३५ दिने सार्वजनिक सूचनासमेत जारी गरेको छ ।कोषले सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलको भवन र भवनभित्र सञ्चालनमा रहेका एकसय ३२ वटा सटरहरू लिलाम गर्न लागिएको हो ।

Blog Post Ad

मलमा सिभिल बैंक र सिभिल सहकारीका पूर्वअध्यक्ष तथा सिभिल हाउजिङका मालिक इच्छाराज तामाङको ५० प्रतिशत सेयर छ । तामाङलाई अर्बौं रुपैयाँ ठगीको आरोपमा पुर्पक्षमा राखिएको छ ।

Blog Post Ad

Ad Area