Ad Area Ad Area
Ad Area
Ad Area

स्थानीय तह निर्वाचन : नेपाल–भारत सीमा सुरक्षा व्यवस्था कडा बनाउने सहमति

शिवु खनाल
देउखुरी, २६ बैशाख । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै दाङको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने दुईपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय दाङ सहितको सुरक्षा निकायका प्रमुख र भारतको सीमा सुरक्षा बल (भारतीय एसएसबी) सहित सुरक्षा प्रमुखको बैठकले निर्वाचनका बेला सीमा क्षेत्रमा कुनै प्रकारका अवैध गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको हो ।

सीमा क्षेत्रबाट निर्वाचन बिथोल्ने गतिविधि हुनसक्ने भन्दै नेपाल र भारतका प्रशासन प्रमुख र सुरक्षा अधिकारीबीच भारतको बलरामपुर जिल्लामा दुईपक्षीय वार्ता सम्पन्न भएको हो ।

Blog Post Ad

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्ले, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुनकुमार भण्डारी, सशस्त्र प्रहरी बल नं.२९ हेक्वा ज्वालामाइ गण भालुवाङका प्रमुख बिनोद केसी, नं.४१ रिर्जभ गण अर्जुन खोलाका प्रमुख अरविन्द्र श्रेष्ठ, (विओपी) कोइलाबासका प्रमुख माधवप्रसाद ढुङ्गेल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रञ्जु केसी, र भारतको बलरामपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रुती शिवा, सीमा सुरक्षा बल (एसएसबी) का निमित्त नौँ बटालियन कमान्डर नरेन्द्र केटु, भारतीय प्रहरी डक्टर राजेश सक्सेनाबीच दुईपक्षीय वार्ता गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बलियो राख्ने सहमति भएको छ ।

Blog Post Ad

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार नेपालको निर्वाचन अवधिभर सीमा क्षेत्रका दुबैतर्फका मदिरा पसल २७ गतेदेखि तीनदिन बन्द गर्ने सहमति भएको छ । यस्तै २७ गतेबाट सीमा नाका सिल (बन्द) भएपछि मानिस र यातायातका साधान समेत पूर्णरुपमा बन्द गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार नेपालको निर्वाचनमा सीमा क्षेत्रमा रहेका भारतीय सञ्चार माध्यमबाट प्रसारण गरिने सामाग्रीमा रोक लगाइने भएको छ । मतदातालाई प्रभावमा पार्ने खालका सामाग्री भारतीय सञ्चार माध्यम (एफएम)बाट प्रसारण गरिने भएकाले उक्त सामाग्री प्रसार गर्न भारतीय सुरक्षा निकायले बन्द गराउने भएको छ ।

Blog Post Ad

प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो,–। ‘सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुवै देशका अधिकारी सहमत भएका छाँै ।’ सीमा क्षेत्रमा आउ जाउ गर्ने मानिसको दुवै देशका सुरक्षा निकायले निगरानी गर्न थालेको इलाका प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

Blog Post Ad

उहाँले सीमा क्षेत्रमा नेपाल प्रहरीको संख्या थप परिचालन गरिएको जानकारी दिनुभयो । भारतसंग जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्र दाङको ८३ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा सुरक्षाको काम गर्दै आइरहेको छ ।

सशस्त्र प्रहरी बल नं.२९ हेक्वा ज्वालामाइ गण भालुवाङका प्रमुख बिनोद भण्डारीले आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीले संयुक्त गस्ती गर्दै आएको र निर्वाचनभर त्यसलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

सीमापारि भारतर्फ कामको सिलसिलामा गएका नेपाली मतदान गर्नका लागि धमाधम घर फर्किन थालेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दाङान नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र म्यादी प्रहरी गरि ३५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । दाङमा एकसय ५३ वटा मतदान केन्द्र रहेका छन् ।

जिल्ला सुरक्षा समितिले मतदान सकेर राति आठ बजेभित्रमा मतपत्र मतगणना केन्द्रमा ल्याइसक्ने गरी काम गरिरहेको जनाएको छ ।

Ad Area