Ad Area Ad Area
Ad Area
Ad Area

दाङमा १७ जना महिला वडा अध्यक्षमा लड्दै

दाङ, २५ वैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दाङमा वडा अध्यक्षका लागी १७ जना महिला प्रतिष्पर्धामा छन् । दश पालिका मध्ये ७ पालिकाबाट मात्रै वडा अध्यक्षका लागी १७ जना महिला प्रतिष्पर्धामा उत्रिएका हुन् ।

वडा अध्यक्षका लागि उम्मेदवारी दिनेहरुमा घोराहीबाट ५ जना , तुलसीपुरबाट ४ जना, गढवाबाट ३ जना, राप्तीबाट २ जना र लमही, राजपुर र शान्तिनगरबाट १÷१ जना रहेका छन् ।

Blog Post Ad

गढवा गाउँपालिकामा वडा नम्बर ४ मा १ जना, वडा नम्बर ५ मा २ जना, घोराही उपमहानगरपालिकामा वडा नम्बर ७ बाट १ जना, वडा नम्बर १४ बाट २ जना, वडा नम्बर १५ बाट १ जना, वडा नम्बर १७ बाट १ जना महिला वडा अध्यक्षका प्रतिष्पर्धामा छन् ।

Blog Post Ad

यस्तै तुलसीपुर उपमहानगरपालिकामा वडा नम्बर ६, ७, १४ र १८ बाट १÷१ जना, राजपुर गाउँपालिकामा वडा नम्बर १ बाट १ जना, राप्ती गाउँपालिकामा वडा नम्बर २ र ८ मा १÷१ जना, लमही नगरपालिकामा वडा नम्बर ६ बाट १ जना र शान्तिनगर गाउँपालिका वडा नम्बर २ बाट १ जना महिलाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

दाङमा ५२० पदका लागि महिला र पुरुष उमेदवार २ हजार २ सय २ जना प्रतिष्पर्धामा रहेका छन् ।

Blog Post Ad

Blog Post Ad
Ad Area