Ad Area Ad Area
Ad Area
Ad Area

निर्वाचन आयोगद्वारा पत्रकार महासंघका अध्यक्षसँग स्पष्टीकरण माग

काठमाडाैं, २५ वैशाख । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको विषयमा चौबीस घन्टाभित्र जवाफ दिन स्पष्टीकरण माग गरेको छ । ‘पत्रकार महासङ्घका अध्यक्ष भन्छन्, “निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामी मान्न जरुरी छैन”

शीर्षकको समाचारप्रति ध्यानाकर्षण जनाउँदै आयोगले सङ्घ–संस्थाका तर्फबाट निर्वाचन आचारसंहिता, २०७८ का सन्दर्भमा प्रतिबद्धता जनाउन आयोजित आयोगमा कार्यक्रममा महासङ्घका तर्फबाट निर्वाचन आचारसंहितामा भएका प्रावधान इमान्दारिताका साथ पालना गर्न गराउन प्रतिबद्धता व्यक्त भएको स्मरण पनि गराएको छ ।

Blog Post Ad

“निर्वाचन आचारसंहिता, २०७८ कार्यान्वयनका सन्दर्भमा आयोगबाट गत चैत २९ गते गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा तपाईं स्वयं स्रोत व्यक्तिका रुपमा सहभागी हुनुभएकै हो”, आयोगले महासङ्घका अध्यक्ष पोखरेललाई सोधेको स्पष्टीकरणमा भनिएको छ, “आयोगबाट काठमाडौँमा आयोजित कार्यक्रममा तपाईंले आचारसंहिताबारे बोल्नुभएको कुरा र जनाउनुभएको प्रतिबद्धतासम्बन्धी सामग्रीसमेत आयोगमा सुरक्षित नै छ, तपार्ईँलाई आयोगले जारी गरेको निर्वाचन आचारसंहिताका समग्र प्राबधानका बारेमा जानकारी छैन भन्ने बारेमा आयोग विश्वस्त हुन सक्दैन ।”

Blog Post Ad

आयोगको स्पष्टीकरण पत्रमा भनिएको छ, “आयोगले जारी गरेको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन भनी तपार्ईँले भन्न मिल्छ, मिल्दैन ? आयोगबाट जारी आचारसंहिताको कुन प्रावधानले पत्रकार एवं नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गरेको छ ? साथै आचारसंहिताको कुन प्रावधानले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताबाट सम्बन्धित पक्षलाई वञ्चित गरेको छ ? पत्रकार महासङ्घको अध्यक्ष जस्तो पदमा आसिन व्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन सुहाउँछ ?”

आयोगले आचारसंहिता प्रतिकूल हुने गरी समाचार प्रकाशन गरेको भन्ने उजुरीका आधारमा गोरखापत्र संस्थान र सेतोपाटी डटकमलाई पनि स्पष्टीकरण सोधेको छ ।

Blog Post Ad

Blog Post Ad
Ad Area