Ad Area Ad Area
Ad Area
Ad Area

बेलझुण्डी संस्कृत विश्वविद्यालयमा फेरि झुण्डियो ताला

दाङ, २३ वैशाख । बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा फेरि तालाबन्दी शुरु भएको छ । संस्कृत विश्वविद्यालयमा विद्यार्थी, प्राध्यापक, कर्मचारी र स्थानीयले पटक–पटक तालाबन्दी गर्दै आएका थिए । यद्यपि पछिल्लो समयमा त्यहीं कार्यरत प्राध्यापक र कर्मचारीलाई तालबन्दी नगर्न अदालतबाट आदेश भएपछि ताल झुुण्डिन भने कम भएको छ ।

विभिन्न्न विद्यार्थी संगठनहरुले भने विभिन्न मागहरु राख्दै विश्वविद्यालयमा तालाबन्दी गर्दै आएका छन् । वैशाख १९ गते नेपाल विद्यार्थी संघले विभिन्न मागहरु राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

Blog Post Ad

नेपाल विद्यार्थी संघ संस्कृत विश्वविद्यालय संघर्ष समितिले २०७८ चैत २२ गते विश्वविद्यालयसमक्ष राखेका मागहरुप्रति कुनै सुुनुवाई नभएको भन्दै वैशाख १९ गते विश्वविद्यालयको केन्द्रीय कार्यालय, सेवा आयोगको कार्यालय र संस्कृत विश्वविद्यालय विद्यापीठमा तालाबन्दी गरेको छ ।

Blog Post Ad

Ad Area