Ad Area Ad Area
Ad Area
Ad Area

नेपालगन्जमा मिस नेपालको ‘अडिसन’ बुधबारदेखि हुँदै

दाङ, २० बैशाख । नेपालगन्जमा मिस नेपाल–२०२२ को आवेदन हुने भएको छ । द हिडन ट्रेजरले मिस नेपाल पेजेन्ट–२०२२ को आवेदन बुधबारदेखि लिने भएको छ ।

नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलन द हिडन ट्रेजरका निर्देशक सुवर्ण उप्रेतीले मंगलबार अन्तरक्रिया गर्ने र बुधबार आवेदन लिने बताए ।

Blog Post Ad

मिस नेपालको आवेदनका लागि काठमाडौं बाहिर विरगंज, पोखरा पछि नेपालगन्जमा पत्रकार सम्मेलन गरिएको हो । यसपछि सुर्खेत, धनगढीमा पनि पत्रकार सम्मेलन गरिने उप्रेतीले बताए ।

Blog Post Ad

नेपालगन्ज हुने कार्यक्रमका लागि मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल र मिस नेपाल सुप्रानेशनल–२०२० सिमल कनौजियाले पनि सहभागिता जनाएकी छिन् ।

मिस नेपालका लागि यसअघि ५ फिट ४ इन्चको उचाई आवश्यकता हुने गर्दथ्यो । तर यसपटक भने १ इन्च घटाएर ५ फिट ३ इन्च उचाइको मापदण्ड बनाइएको छ । त्यस्तै यस वर्ष तीनवटा मुख्य टाइटल रहेको छ । जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्छरनेसनल । मिस सुप्रानेशनललाई भने यसपटक निरन्तरता दिइएको छैन ।

Blog Post Ad

Blog Post Ad
Ad Area