Ad Area Ad Area
Ad Area
Ad Area

प्रतिष्ठानमा निशुल्क प्रसुति सेवा प्रभावकारी वन्दै, १ सय ३५ जना महीलाले पाए प्रसुति सेवा

दाङ, १९ बैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागु भएको निशुल्क प्रसुति सेवा कार्यक्रम प्रभावकारी वन्दै गएको छ । प्रतिष्ठानका उपकुलपतिमा दाङको नारायणपुर निवासि डा. विकास लामिछाने नियुक्त भएर आएपछि प्रतिष्ठानमा निशुल्क मातृत्व सेवा थप प्रभावकारी वन्दै गएको हो ।

बैशाख १ गतेदेखी प्रतिष्ठानमा १९ दिनमा झण्डै १ सय ३५ जना महीलाले निशुल्क प्रसुति सेवा पाएको प्रतिष्ठानमा शिक्षाध्यक्ष, प्रसुति रोग विशेषज्ञ डा.वसन्त लामिछानेले जानकारी दिनु भयो ।

Blog Post Ad

उहाका अनुसार प्रतिष्ठानमा निशुल्करुपमा १ सय जना महीलाले नर्मल डेलिभरी सेवा लिएका छन् भने ३५ जनाको सिएस गरीएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानमा निशुल्क प्रसुति सेवा प्रारम्भ भएपछि प्रसुति गराउन आउने महीलाहरु खुसि भएर सेवा लिएको भन्दै प्रसुतिकै लागि विगतमा घोराहीवाट तुलसिपुर जाने वाध्यता अव विस्तारै हट्दै गएको बताउनु भयो ।

Blog Post Ad

उहाँले प्रतिष्ठानमा छाला, वाल रोग, फीजीसिय, प्रसुति रोग विशेषज्ञ, सर्जन, हाडजोर्नि सहीत २९ जना विशेषज्ञ चीकीत्सकहरुवाट सेवा प्रवाह भइरहेको बताउदैै प्रभावकारी पोषण पुर्नस्थापना सञ्चालन, शंकास्पद क्षयरोग विरामिको पहीचान गर्न मेसिन जोडेर सेवा पनि प्रारम्भ भइसकेको जानकारी दिनु भयो ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले प्रतिष्ठानमा निशुल्क प्रसुति सेवा थप राम्रोसंग सञ्चालन गर्न प्रसुति रोग विशेषज्ञ थप्ने तयारीमा रहेको बताउदै केही थप चिकित्सकहरुको आवेदन आइरहेकाले सेवा विस्तारको योजना अनुरुप काम भइरहेको बताउनु भयो । थापाले अव छिट्टै नै प्रतिष्ठानमा एम आरआई सेवा पनि सुचारु हुने बताउनु भयो ।

Blog Post Ad

विगत भन्दा आफुहरु यसपालि आफुहरु विशेषज्ञ थपेर प्रतिष्ठानको सेवा विस्तार गर्ने सोच रहेको भन्दै उहाले नयाँ–नयाँ सेवा थप्ने गरी योजना वनिरहेको सुनाउनु भयो ।

Blog Post Ad
Ad Area