खेलकुद

तेस्रो हिरा डाँगी स्मृति कप फुटबल जारी, राईजिङ स्टार र साहारा सेमिफाइनलमा
खेलकुद

तेस्रो हिरा डाँगी स्मृति कप फुटबल जारी, राईजिङ स्टार र साहारा सेमिफाइनलमा

लक्ष्मण बस्नेत तुलसीपुर, २४ फागुन । राईजिङ स्टार फुटबल घोराही र साहारा फुटबल क्लब लखनउ ईन्डिया तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को सेमिफाइनलमा प्रवेश गरेका छ्न् । हिरा डाँगी फाउन्डेसन तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको विहीवार भएको क्वाटर फाईनल खेलमा फर्साटिकर फुटबल क्लब रुपन्देहीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै राईजिङ स्टार फुटबल क्लब घोराहीले सेमिफाइनल यात्रा तय गरेको हो । उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसिपुरमा भएको कडा प्रतिस्पर्धात्मक खेलको १९ औ र ४८ औ मिनेटमा राईजिङ स्टारका जर्सी न ११ का जमिर मिया टिमलाई २-० को अग्रता दिलाए । खेलको दोस्रो हाफ्मा आक्रमक रुपमा प्रस्तुत भएको फर्साटिकरका तर्फबाट खेलको ८७ औ मिनेटमा जर्सी न २६ का बालराम न्यौपाने ले जवाफी गोल गरे । खेलमा राईजिङ स्टारका जमिर मिया म्यान अफ द म्याच घोषित भए ...
खुमबहादुर खड्का भलिबलको फाईनलमा शान्तिनगर, अर्को टोलीको टुंगो भोलि लाग्ने
खेलकुद

खुमबहादुर खड्का भलिबलको फाईनलमा शान्तिनगर, अर्को टोलीको टुंगो भोलि लाग्ने

छवि पुरी दाङ, २४ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाईनलमा शान्तिनगर गाउँपालिका प्रवेश गरेको छ ।नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनल प्रवेशका लागि भएको पहिलो सेमिफाईनलमा शान्तिनगरले बंगलाचुलीलाई २५–१४, २५–१५ र २५–१४ को सोझो सेटमा हराउँदै फाईनल प्रवेश गरेको हो । फाईनलमा पुर्याउन टीमका लागि महत्वपूर्ण भुमिका खेल्नुभएका शान्तिनगरका उमेश चौधरी प्लेयर अफ द म्याच हुनुभयो । उहाँलाई आयोजकले ट्रफी र प्रमाण पत्रले सम्मान गरेको छ । लिग चरणका खेलमा अपराजित रहेको बंगलाचुलीले सेमिफाईनलमा शान्तिगरसँग पराजित भएसँगै अब तेश्रो स्थानका लागि खेल्नेछ । यसैगरी दोश्रो सेमिफाईनलको खेलको नतिजा भने बिहीबार निस्कन सकेन । घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका बीच भएको दोश्रो सेमिफाईनल खेल च...
घोराही–१७ मा वडास्तरीय खेलकूद विकास समिति पुनर्गठन
खेलकुद

घोराही–१७ मा वडास्तरीय खेलकूद विकास समिति पुनर्गठन

दाङ, २३ फाल्गुन । घोराही उपमहानगरपालिका–१७ मा वडास्तरीय खेलकूद विकास समिति पुनर्गठन गरिएको छ । वडाध्यक्ष रामलौटन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुनको विशिष्ट आतिथ्यतामा भएको भेलाले नयाँ कार्यसमिति गठन गरेको हो । भेलाले दुर्गा खत्री भुसालको संयोजकत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सहसंयोजकहरुमा वीरेन्द्र चौधरी र सुनिता विष्ट, सचिवमा भीमबहादुर चौधरी, सहसचिवमा देवेन्द्र घर्ती मगर, कोषाध्यक्षमा भोलाबहादुर घर्ती मगर चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा जोसेव रोका मगर, श्यामबहादुर थापा, कान्ताबहादुर घर्ती मगर सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी भेलाले हरिबहादुर घर्ती मगर, सन्तोष चौधरीलाई सल्लाहकारमा चयन गरेको छ । वीरेन्द्र चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको भेलाम...
तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता सुरु, बंगलाचुली र घोराहीको बिजयी सुरुवात
खेलकुद

तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता सुरु, बंगलाचुली र घोराहीको बिजयी सुरुवात

दाङ, २० फागुन । घोराहीमा तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगितामा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिवल टिमले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा तुलसीपुुर उपमहानगरपालिकाको टिमलाई २–० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिकाले बिजयी सुरुवात गरेको हो । वेष्ट अफ थ्रीको सेटमा भएको खेलमा लगातर १९–२५ र २४–२६ को सेटमा बंगलाचुली बिजयी भएको हो । त्यसैगरी दोश्रो खेलमा घोराही उपमहानगरपालिका बिजयी भएको छ । घोराहीले शान्तिनगरलाई २–१ को सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको हो । कडा प्रतिष्पर्धात्मक भएको खेलमा घोराहीको टिम २३–२५, २५–१४ र ११–१५ को सेटमा बिजयी हुन सफल भएको थियो । आइतवारदेखि शुरु भएको प्रतियोगिता फागुनको २५ गतेसम्म...
तेस्रो हिरा डाँगी स्मृति कप फुटवल प्रतियोगिता २०८० स्थगित
खेलकुद

तेस्रो हिरा डाँगी स्मृति कप फुटवल प्रतियोगिता २०८० स्थगित

तुलसीपुर, २० फागुन । आजदेखि सुरु हुने भनिएको तेस्रो हिरा डाँगी स्मृति कप फुटवल प्रतियोगिता २०८० पानी परेका कारण स्थगित भएको छ । दाङको तुलसीपुरमा रहेको अरनिको मैदानमा हिरा डाँगी फाउण्डेशन तुलसीपुर ५ को आयोजनामा संचालन हुने प्रतियोगिता अर्को सुचना जारी नभएम्मका लागि पानी परेका कारण स्थगित भएको फाउण्डेशनले जनाएको छ । २०७६ साल चैत्र ३ गते एक हतियार धारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबल खेलाडी हिरा डाँगीको सम्झनामा प्रत्येक वर्ष आयोजना हुने फुटबल प्रतियोगिता यस वर्ष पनि हुँदैछ । आज मध्याह्न साढे १२ बजे उद्घाटन गरिने योजना रहेको थियो तर पानी परेका कारण खेल स्थगित गरिएको फाउन्डेसनका अध्यक्ष पोखर सिंह डाँगीले जानकारी दिनुभयो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भएता पनि स्थगित मौसमका कारण गर्नु परेको उहाँले बताउनुभयो । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसाय...
आजदेखी खुमबहादुर खड्का भलिबल प्रतियोगिता, उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने
खेलकुद

आजदेखी खुमबहादुर खड्का भलिबल प्रतियोगिता, उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने

दाङ, २० फागुन । दाङको घोराहीमा हुन थालेको तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुनको २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुन थालेको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिनुभएको छ । सभापति डाँगीका अनुसारका जिल्लामा भलिबल खेलको विकाससँगै खेलाडीहरुको क्षमताअभिवृद्धिका लागि नेपाली कांग्रेस स्वर्गीय नेता पूर्व खुमबहादुर खड्काको स्मृतिमा घोराहीस्थीत जिल्ला समन्वय समितिको मैदानमा हुन थालेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । प्रतियोगिताका लागि खेल मैदान निर्माण,मञ्च व्यवस्थापन,अतिथिहरुलाई निमन्त्रणलगायतका काम सकिएको बताउनुभएको हो । आयोजक नेपाली कां...
तेस्रो हिरा डाँगी स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
खेलकुद

तेस्रो हिरा डाँगी स्मृति कप फुटबल आजदेखि सुरु हुँदै

दाङ, २० फागुन ।  दाङ तुलसिपुर अरनिको मैदानमा आजदेखि तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता  सुरु हुदैछ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साबिक बिजेता ज्ञानज्योती तुलसिपुर र राईजिङ स्टार घोराही भिड्नेछन् । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने  उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिनुभयो । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य  मन्त्री राजु खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन मध्याह्न साढे १२ बजे गरिने फाउ...
दाङ क्रिकेट लिग–२ को उपाधि दंगाली लायन्सलाई, तुलसीपुर रोयल्स ४५ रनले पराजित
खेलकुद

दाङ क्रिकेट लिग–२ को उपाधि दंगाली लायन्सलाई, तुलसीपुर रोयल्स ४५ रनले पराजित

छबि पुरी दाङ्ग, १९ फागुन । दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबार भएको फाईनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि घोराही टाईगर्सले जितेको थियो । दंगाली लायन्सले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको तुलसीपुर रोयल्सले १६ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ६२ रन बनाएपछि उपाधि उपाधि दंगालीले जितेको हो । मौसम बदली भई ओसिलो पिचका कारण थोरै रन बनेको रंगशालामा अपेक्षित रन लक्ष्य कम पाएपनि तुलसीपुरले लगातार विकेट गुमाएपछि दंगालीलाई जित सुम्पिन बाध्य भयो ।, तुलसीपुर रोयल्सका लागि रुपेश सिंहले २० रन, मार्की खेलाडी अमरसिंह रौटेलाले ११ रन बनाउँदा अरु ब्याटरले सम्हालिएर खेल्न नसक्दा ६१ रनमा अलआउट...
दाङ क्रिकेट लिग : दंगाली लायन्स र तुलसीपुर रोयल्स फाइनलमा
खेलकुद

दाङ क्रिकेट लिग : दंगाली लायन्स र तुलसीपुर रोयल्स फाइनलमा

दाङ्ग, १८ फागुन । दंगाली लायन्स र तुलसीपुर रोयल्स नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो सस्करणको फाइनल प्रवेश गरेका छन्। घोराही स्थित घोराही क्रिकेट स्टेडियममा आज सम्पन्न दुई खेलमा घोराहीले देउखुरी वारियर्सलाई तथा तुलसीपुरले घोराही टाइगर्सलाई पराजित गर्यो। लिगको उपाधिको लागि शनिवार दंगाली लायन्स र तुलसीपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। लिग चरणको सम्पूर्ण खेल समाप्त हुँदा तुलसीपुर रोयल्स सबै ४ खेलमा जित दर्ता गर्दै ८ अंक सहित शिर्ष स्थानमा रह्यो। दोश्रो स्थानमा रहेको दंगाली लायन्सले ४ खेलमा ३ जित र १ हार दर्ता गर्यो। घोराही टाइगर्स ४ अंक सहित तेश्रो, पुरनधारा च्यालेन्जर्स २ अंक सहित चौंथो तथा सबै ४ खेलमा पराजित देउखुरी अंकविहिन रहँदै पाँचौ स्थानमा रह्यो। आजको पहिलो खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित गर्यो। देउखुरीले दिएको १२६ रनको लक्ष्य दंगालीले ४ विक...
दाङ क्रिकेट लिगमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी
खेलकुद

दाङ क्रिकेट लिगमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी

दाङ, १७ फागुन । दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग (डिसिएल–२) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्दै बिजयी भएका हुन । घोराही क्रिकेट रंगशालामा भएको पहिलो खेलमा तुलसीपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०० रनमा समेटिएको थियो । लक्ष्य पछ्याउने क्रममा देउखुरीका नारायण जोशीले सर्वाधिक ३० रन, प्रज्वल थापाले १४, आशिष ओलीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा तुलसीपुर रोयल्सका भुवन कार्की, अमरसिंह रौटेला र दिवान पुनले समान २ विकेट, रुपेश सिंह र नविन बिकले समान १÷१ विकेट लिनुभयो । उक्त खेलमा रुपेश सिंह प्लेयर अफ द म्याच घोषित हुनुभएको थियो । टस जितेर ब्याटिङ गरेको तुलस...