साहित्य/कला

संस्कृति संरक्षणमा थारु समुदाय लाग्नु पर्ने जोड
साहित्य/कला

संस्कृति संरक्षणमा थारु समुदाय लाग्नु पर्ने जोड

दाङ, २४ असोज । हिन्दुहरुको महान पर्व वडादशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नमूना भुह्यारथान तुलसीपुरको आयोजनामा शनिबार तुलसीपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो । नमूना भुह्यारथाका अध्यक्ष रामशरण चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले संस्कृति संरक्षणमा थारु समुदाय लाग्नु पर्ने जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी घनश्याम पाण्डेले सांस्कृतिक पर्वहरुलाई लोकतान्त्रिक बनाउनु पर्ने बताए । दशै आएपछि गरिब, विपन्न, श्रमिक वर्गका निम्ती दशा आएको जस्तो हुने भएकाले अर्काको देशासिकी गरेर दशैँलाई दशा नबनाउन आग्रह गरे । दशैपर्व थारु समुदायसंग अत्यन्त ठुलो महत्व जोडिए...
बडादशैँको आज चौथो दिन, कुष्माण्डा भगवतीको पूजा गरिँदै
समाचार, साहित्य/कला

बडादशैँको आज चौथो दिन, कुष्माण्डा भगवतीको पूजा गरिँदै

दाङ, २४ असोज । बडादशैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य मण्लमा निवास रहेको र सेतो कुभिण्डोको जस्तो रुप भएका कारण भगवतीलाई कूष्माण्डा भनिएको हो । कुष्माण्डा भगवतीका लागि कुभिण्डोको वलि अति प्रिय मानिएको छ । चौथो दिन यिनको पूजाले मनुष्यले आयु, यश, बल, आरोग्यता प्राप्त हुने मान्यता छ । चतुर्थ शक्तिको पूजाले वायु तत्वको सन्तुलन शरीरमा ठीक हुने शास्त्रीय वचन छ । पूजापछि माल पूवाको प्रशाद चढाउँने र बाँढेर खानाले बुद्धि दिमाग तीब्र हुने धार्मिक अध्येताहरू बताउँछन् । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । ...
‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन
साहित्य/कला

‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

काठमाण्डाै, २० असोज । भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम 'रामायण' मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ । सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक 'रामायण' मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो । उनको उमेर ८३ वर्ष थियो । हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको ज्यान गएको बीबीसी लेखेको छ । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए । 'रामायण' मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक 'विक्रम और बेताल' मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए । यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । त्यस समय 'रामायण' मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त...
कथा : डर
साहित्य/कला

कथा : डर

दिपक जिएम , कुरा केही समय अघिको हो । हामी चारजना साथीहरु जो एकअर्का संग खुब मिल्ने गथ्र्याै । घरहरु पनि नजिकै भएकोले एकअर्काको घरमा परेको बेला सहयोग गर्न पछि पर्दैनथ्यो । चाडपर्व नजिकिदै गरेको बेलमा हामी सबैजनाले काठमान्डु घुम्न जाने योजना बनायौ, सरसल्लाह गर्दै घर बाट अनुमति पनि लियौ र काठमान्डु हुँदै पोखरा तिर जाने सोच बनायौ । सांझको ५ बजेको थियो, हाम्रो यात्रा शुरु भयो, बाटोभरी जिस्किदै चल्दै गफ छाट्दै हामी गन्तव्य तिर प्रस्थान गर्यौ । रमाइलो गर्दै जांदा खाना चाही दाउन्नेमा खाने सल्लाह भयो, यसरी अगाडी बढ्ने क्रम जारी रहयो । केही समय पस्चात हामी दाउन्ने पुग्यौ तर साथीहरुले भर्खर त ९ः३० बजेको छ अगाडी खाउँला यार भन्न थाले । हुन्छ नि भन्दै मैले पनि सहमति जनाए र हामी अगाडी बढ्यौ । समय आफ्नै रफ्तारमा दौडिरहेको थियो भने रातको अँध्यारोपनले झन पछि झन तीव्र गति लिदै थियो । करिब ११ बजे ति...
दाङमा उत्सर्ग संगीत अवार्ड हुने
साहित्य/कला

दाङमा उत्सर्ग संगीत अवार्ड हुने

दाङ, ८ असोज । राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी दाङमा उत्सर्ग संगीत अवार्ड २०७८ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक के एल पीडितले बताउनु भयो । अवार्ड कार्यक्रममा २०७८ असोज १ गतेसम्म बजारमा आएका सिर्जनाहरुलाई समावेश गराइने छ । अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरुले आगामी कार्तिक २ गतेसम्म सिर्जना पठाइसक्नु पर्ने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले बताउनु भयो । अवार्ड वितरण समारोह तिहारपछि आयोजना गरिने भएको छ । ...
कथा : वसन्तपुरको चिया पसल
साहित्य/कला

कथा : वसन्तपुरको चिया पसल

विशालदत्त भट्ट पढाइ र होम सिकनेसले मन व्याकुल थियो । प्लस टु सकेका साथीहरू काठमाडौंमै भए पनि सम्पर्कभन्दा बाहिर । सम्पर्कमै भएकाहरू पनि आआफ्नो उद्देश्यमा लागिपरेका थिए । यस्तो लाग्यो, म मात्रै खाली छु । फुस्रो कपाल, कानमा सेतो इअरफोन, मुखमा मास्क र कालो लेदरको ज्याकेट लगाएर सोह्रखुट्टे हुँदै वसन्तपुरतिर लागेँ । आकाशमा कालो बादल मडारिँदै पूरै उपत्यकालाई ढाकेको थियो । बाहिर निक्लने मान्छेहरू पानी पर्ने अनुमानका साथ छाता लिएर निक्लने गर्थे । मेलम्चीको पानी आउने कुरा भएकाले बाटोमा पाइप बिछ्याउने कामलाई तीव्रता दिइएको थियो । पानी नभएको सहरमा मानिस छाता बोकेर हिँड्नुपर्ने अनौठो दृश्य थियो । ती मानिस हतारमा थिए । एकअर्कालाई हेर्ने फुर्सद समेत थिएन । केही समयमै म वसन्तपुर पुगेँ र सधैं जाने गरेको बिगबेल नामक क्याफेमै गएँ । अरुबेला म आउँदा सधैं साथीहरू हुन्थे तर आज एक्लो थिएँ, नितान्त...
कथा : पश्चाताप
साहित्य/कला

कथा : पश्चाताप

दीपक जीएम आर्जव मानिसहरु सँग जति धन - सम्पति भएपनि कहिल्यै पुग्दैन, इछ्या आकांक्षाहरु त धेरै हुन्छन तर पनि पूरा कसै - कसैको मात्र हुन्छ ।अनुप मध्यम परिवारको भएपनि ऊ धेरै क्षमतावान र बुद्धिजीवी थियो ।समय सँगै उसको गितान्जलि सँग माया बस्न जान्छ ,करिब दुई वर्ष लामो समय सम्म उनी बीच सम्बन्ध चलिरहन्छ । अनुप गितान्जलिलाई सारै माया गर्ने गर्दथ्यो ,उनको सानो-सानो इछ्याहरू पनि पूरा गरिदिन्थ्यौं साथै उनको हरेक कुराहरुमा सहमति जनाउने गर्दथ्यो ।गितान्जलि अलिक जिद्दी स्वभावकी थिइन तर समय सँगै उनमा बदलाव आउँने छ भन्ने अनुपलाई पूर्ण विश्वास थियो ,अनुपले आफ्नो सबैथोक गितान्जलि सामु राखीदिएको थियो ।गितान्जलि सु-सम्पन्न परिवारकी थिइन तर अनुप सँग माया बसे पछि उनले तल -माथी र घर बुवाआमाको बारेमा केही नसोची अनुप सँग विवाह बन्धनमा बाधिन पुग्छिन । उनीहरू एउटा खुशहाल जीवनयापन बिताउन थाल्छन,अनुप र गि...
कथा : अपरिचितसँगको त्यो रात…
साहित्य/कला

कथा : अपरिचितसँगको त्यो रात…

दिपक जीएमअकालमा कतिपय मानिसहरु आफ्नो ज्यान गुमाउन पुग्छ्न तर मानिस मरेर गए पनि उसको आत्माले शान्ति पाएको हुदैन, जसकारण कुनै न कुनै रुपमा ती आत्माले संकेत दिइरहेका हुन्छन ।सपना सधै कल्पनामा हराउने गर्दथीन ,उनको आफ्नै एउटा बेग्लै सँसार थियो । धेरै नबोल्ने तर कुनैपनि कुराको गहिराईमा पुग्ने उनको बानी थियो । घरमा पनि खासै उनी कोही सँग धेरै बोल्दैँथिन तर पनि आमा(बुवा छोरीको शिष्ट ब्यावहार र नम्र बोलीको कायल थिए । कलेजको जाडो बिदा भएको हुन्छ,सपनाले बिदाका केही दिन नेपालगन्ज मामा घर बिताउने मनसाय बनाउँछिन अनि आमा-बुवा सँग सर -सल्लाह गर्छिन र मामा घर जाने चाजो-पाँजो मिलाउदै नेपालगन्ज तिर लाग्छिन। मामा घर जाने भइयो भनी मनमनै खुसी हुदै बाटोभरी नेपालगन्जको रमझम मा कल्पिन थाल्छिन ,केही दुरी पार गर्दै गाडी एक्कासी कुरिनटारमा रोकिन्छ ,अचानक गाड़ी यसरी रुक्दा सबै यात्रीहरु अचम्म पर्छन अनि स...
कथा : निलो शर्ट
साहित्य/कला

कथा : निलो शर्ट

दीपक जीएम आर्जव ” आहा कति जाती देखिएको तिमीले लगाएको यो नीलो शर्ट..लाग्छ पुरै आकाश नै भरिभराउ भए झै ,अनि थाहा छ पुष्कर मलाई यो नीलो रंग असाध्यै मन पर्छ नि। मीनुको कुरा सुनेर पुष्कर मुसुक्क हांस्दै साइकिल चढ़ि अघि बढ्छ । मीनु भने पुष्करले लगाएको नीलो शर्ट तिर हेर्दै आफैमा भुनभुनाउन थाल्छे ” कति पीडा छ उसलाई तर जहिले जहा जो संग भेट्दा पनि मुस्कान छरेकै हुन्छ ,उसको शान्तपूर्ण ब्यावहार देखेर लाग्छ शायद म उसलाई मन पराउन थालेकी छु । तर खै किन यस्तो लाग्छ उसको म प्रति कुनै चासो छैन ,जे होस एकदिन म उसलाई आफ्नो बनाएर नै छाड्छु ”..। सँसारमा सबै एकैनासका हुदैनन र पनि एकअर्का बीच समझदारी रहेको हुन्छ । ” कति ढिला भइसक्यो उता सबैजना आतीसके होलान ,आफ्नो यहां सबथोक बजार सरी फैलिएको छ ” कान्ता आफैमा बर्बराइरहेकी हुन्छिन । त्यतिकैमा पुष्कर भित्र छिर्छ,सामानहरु जताततै फैलिएको देखेर अचम्म पर्दै...
कथा : पश्चाताप
साहित्य/कला

कथा : पश्चाताप

दीपक जीएम आर्जव सानै देखि चञ्चल स्वभावकी सीमा जसको इमान्दारितामा खोट लगाउने कुनै ठाउँ थिएन । उमेर सँगै उनको शारीरिक बनावटमा पनि वृद्धि हुन थाल्छ, हेर्दा हेर्दै उनी जवान तथा सुन्दरताकी खानी हुन पुग्छिन । आफ्नै आँखा अगाडि छोरीलाई यसरी हर्लकै बढेको देखेर सीमाकी आमा अनि बुवालाई सीमाको बिहेको चिन्ता हुन थाल्छ । तर यता कलेजमा सीमाको आफू भन्दा एक कक्षा सिनियर पढ्ने गोपाल सँग हेरा हेर हुन थाल्छ । दिनहूं यसरी एकअर्का सँग नजर जुध्ने क्रममा एकदिन सीमा कलेजको गेट पुगेकी मात्र हुन्छीन की गोपाल सँग जम्का भेट हुन पुग्छ । सीमालाई के गरु कसो गरु हुन थाल्छ, त्यतिकैमा गोपालले गोजीमा हात हाल्दै एउटा कागजको टुक्रा सिमाको हातमा थमाईदिन्छ अनि केही नबोली अघि बढ्छ । सिमाको भँने मुटुको ढुकढुकी बढ्न थाल्छ अनि चारैतिर नजर दौडाउन थाल्छीन र मनमनै ला कसैले त देखेन यो चिठी दिएको । आँतिदै भर्याङको एक कुनामा ...