दाङका नाकाबासीको ! ‘‘हामीलाई थाहा हुनुपर्यो हाम्रो भुमि कहाँदेखि सुरु हुन्छ’’ ?
शिवु खनालदाङ, ९ मंसिर। भारतसंग जोडिएको दाङको भैसाहीँनाकाको पूर्वतर्फ रहेको चुरे पहाडमा छसय ७२ नम्बरको सिमा स्तम्भ छ । भैसाहीँनाका देखि पश्चिम सानिमनौरा नाकामा छसय ७३ नम्बर सिमा स्ताम्भ रहेको छ । दाङको अधिकांश सिमा क्षेत्रमा सरदर दुई किलोमिटरको फरकमा सिमा स्तम्भ राखिएको हो ।
सिमा स्तम्भको आधारमा नेपाली भुमि तर्फ सिधा हेर्ने हो भने नेपाली भुमिमा रहेको अधिकांश नेपाली बस्ती भारत तर्फ जान्छ, राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी तिलक क्षेत्रीले भन्नुभयो,–। ‘नेपालको दशगजा नै अन्योलमा छ । ठ्याक्कै हाम्रो भुमि कहाँसम्म हो भन्ने समेत थाहा छैन । भारतले आफ्नो तरिकाले निर्धारण गरेर दशगजा बनाएको छ । बेलाबेलामा भारतीय एस.एस.बिले तिमिहरूले प्रयोग गरेको भुमि पनि भारतको हो भनेर दबाद दिदै आइरहेको छ ।’यता नेपाल भारत सिमा क्षेत्र नजिकै स्थानीय गोपाल खड्का घर पर्छ ।
घरदेखि करिब ...