भारतमा कोरोनाविरुद्ध खोप शुरु, तीन करोडलाई खोप
दाङ, ३ माघ । भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप लगाइसक्ने योजनासहित खोप अभियान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र २७ करोड वृद्धवृद्धा र गम्भीर खालका बिरामीलाई खोप लगाइने छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । खोप अभियानलाईसम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको खोप विकासका लागि वैज्ञानिकले कडा मेहनत गर्नुपरेको बताउनुभयो ।
प्रधानमन्त्री मोदीले भारतको खोप अभियान संसारकै सबैभन्दा ठूलो खोप अभियान भएको समेत दावी गर्नुभएको छ । भारतमा हालसम्म एक करोड ५ लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने डेढ लाख बढीको मृत्यु भएको छ ...