लोकमार्ग निर्माणमा जनताको सहयोग, घरबास र जग्गा दिए, मुआब्जा मागेनन्


रीता लामा
घोराही,जेठ ११ ।  केही दिन अघिमात्रै लमही कोइलास सडक खण्डमा मुआब्जा थोरै भएको, वितरण प्रणालीमा विभेद भएको भन्दै स्थानियवासीले दिनभर जसो बाटो बन्द गरे । विकासमा ओझेल परेको कोइलावासलाई सडक संजालसँग जोड्ने र भारतको सिमालाई सहज बनाउने महोत्वकांक्षी योजना सहित बन्न थालेको सडक जनताले मुआब्जा कै नाममा अवरोध सिर्जना गरे ।

Advertise with us

Buddha International Hospital

यसरी पटक पटक ठुला सडक योजनाहरु अवरुद्ध गर्दा सरकारलाई समस्या त पर्छ नै त्यहाँका जनताहरुलाई समेत प्रत्यक्ष असर पर्छ । मुआब्जाको लागि पटक पटक यस्ता घटना ठाउँठाउँमा घटिरहन्छन । मुआब्जाको नाममा दाङको एक ठाउँमा यस्तो घटना घट्दा दाङ कै अर्को पहाडी ठाउँ बंगलाचुलिमा भने जनताहरु बाटो निर्माणमा जग्गा र घरबास त्यागेरै सहयोग गरेका छन् ।


बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले लोकमार्ग निर्माणमा स्थानियवासीले बाटो क्षेत्रमा पर्ने दशौ मिटर जग्गा र बस्दै आएको घर भत्काएर सहयोग गरेको बताए । अहिले घोराही देखि बंगलाचुली हुदै प्युठानको देवीस्थान पुग्ने मदनभण्डारी लोकमार्ग तिव्र गतिमा बन्दै छ ।


बंगलाचुली गाउँपालिकाको वडा नम्वर ३, ४, ५, ६ वडा भएर प्युठान जोडिन जाने उक्त लोकमार्ग अहिले स्थानियको सहयोग कै कारण धमाधम बनिरहेको छ । बंगलाचुलिका बस्तीहरु लोहारपानी, कमिरेचौर, काभ्रे, जुम्लेपानी लगायतका वस्ती भएर लोकमार्ग प्युठान पुग्दैछ ।
तर ती बस्तीका जनताहरुले बाटो निमार्णको लागि घरबास र दशौ मिटर जग्गा निशुल्क दिएका छन् । उनीहरुले गाउँ हुदै प्युठान देखि सुर्खेतसम्म जोड्ने १० मिटरको फराकिलो बाटो बन्न लागे पछि खुसीका साथ जग्गा दिएको गाउँपालिका अध्यक्ष वलीको भनाई छ ।

‘बंगलाचुलीमा मात्र ५० औ जनाको जग्गा परेको छ । १० जनाको घर त भत्काउन थालेका छौ ।’ उहाँले भन्नुभयो ‘अनेत्र जग्गा नभएका, निम्न वर्गका सुकुम्वासीलाई गाउँपालिकाले घर बनाइदिन्छ । अनेत्र जग्गा भएकालाई केही पनि नदिने निर्णय गरिएको छ ।’


खेत, वारी र घर कै बीचबाट बाटो जादाँसमेत स्थानियले विकास आयो भन्दै खुसीका साथ कुनै अवरोध नगरी सहयोग गरेको उहाँले बताउनुभयो । पचार्सौ वटा परिवारको जग्गा काटीदा समेत कसैले पनि असहयोग नगरेको उहाँले बताउनुभयो ।

‘हामी विकासमा पछाडी छौ, हाम्रै गाउँटोल भएर यति ठुलो स्तरको बाटो आउदाँ जनताहरु विकास सुरु भयो भनेर खुसी भएका छन् ।’ उहाँले सबै जनताले विकासको आधारभुत तत्व बाटो आए पछि गाउँको विकासमा टेवा पुग्छ भन्ने खुसीका साथ सहयोग गरेको बताउनुभयो ।
यस्तै बंगलाचुलि गाउँपालिका वडा नम्वर ५का वडा अध्यक्ष यनुराज खत्रिले आफ्नो वडामा मात्रै हालसम्म चार वटा घर भत्काइसकेको बताउनुभयो ।

अरु केही घर भत्काउन बाँकी रहको जानकारी दिनुभयो । तर गाउँपालिकाको सहयोगमा घर भत्काइएका ३ वटा घर निम्न स्तरका सुकुम्वासीको भएको हुदाँ उनीहरुलाई गाउँपालिकाले घर बनाइदिन लागेको छ । गाउँपालिकाले सुकुम्वासीकाहरुको लागि करिव २४ लाख रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो । सुकुम्वासीलाई घर बनाइदिए पनि जग्गा र सम्पत्ति भएका अरुलाई आफ्नै जग्गामा घर सार्न अनुरोध मात्र गरिएको बताउनुभयो । लोकमार्ग निर्माणको लागि वडा कार्यालय नै भत्काउन पर्ने भए पछि कार्यालयको भवन समेत भत्काएको उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालय दाङका इन्जिनियर लिलाबहादुर भण्डारीले पनि स्थानियले बाटो निर्माणमा सहयोग गरे पछि मदनभण्डारी लोकमार्ग धमाधम बनिरहेको बताउनुभयो । चार बर्षमा सक्नुपर्ने योजना दुइ बर्ष भित्रै तयार हुन लागेको उहाँको भनाई छ । अहिले घर भत्काएकाहरुलाई निर्माण व्यवसायीलाई सवारी साधन दिएर सहयोग गरेको बताउनुभयो ।

लोकमार्ग निर्माण पनि स्थानियहरुले गाउँमा उत्पादन हुने दुध, दहि, घिउ, कृषि उपचजहरु बजारसम्म ल्याउनको लागि सहज हुने विश्वास व्यक्त गरेका छन् । मदनभण्डारी लोकमार्ग बंगलाचुलिको मेरुदण्ड भएको उहाँको दावि छ ।

Advertise with us