द्वन्द्वपीडित महिलालाई शसक्तिकरण तालिम


दाङ, जेठ ११ । घोराही उपमहानगरपालिका वडा नं. १७ का द्वन्द्वपीडित महिलाहरुको लागि शसक्तिकरण तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न भएको छ । मानव कल्याण तथा वाताबरण संरक्षण केन्द्रको आयोजना तथा प्रदेश नं. पाँच को सामाजिक विकास शाखाको सहयोगमा कार्यक्रम भएको हो ।


Advertise with us
आयोजक संस्थाका उपाध्यक्ष राधा अधिकारीको अध्यक्षता तथा घोराही १७ का महिला सदस्य रेमन्ता पुनको प्रमुख आतिथ्यतामा तालिम सकिएको हो । तालिममा बोल्ने सहभागीहरुले द्वन्द्व पीडित तथा प्रभावित महिलाहरुको शसक्तिकरण तथा विकासका लागि वडा कार्यालयले कार्यक्रमहरु निर्माण गर्न सुझाव दिए । कार्यक्रममा महिला सदस्य रेमन्ता पुनले द्वन्द्व पीडित महिलाहरुको लागि आयआर्जन, सीप विकासको क्षेत्रमा काम गर्ने गरी कार्यक्रम बनाउने बताउनुभयो ।

Buddha International Hospital


कार्यक्रममा पत्रकार प्रकाश चौधरी, नवीन अभिलाषी, द्वन्द्वपीडित द्रोपदा न्यौपाने, तालिमका सहभागीहरु सुस्मीता चौधरी, सविता चौधरी, धरमपति चौधरी लगाएतले बोल्नु भएको थियो ।

 

तीन दिनसम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा कुमारराज श्रेष्ठ, कमल गौतम, लक्ष्मी आचार्य, निर्मला गौतम र अनिता पोख्रेललेसहजीकरण गर्नुभएको थियो ।

Advertise with us