२ दिने ऋण ब्यबस्थापन तालिम सम्पन्न

Advertise with us

दाङ, जेठ ११ । २ दिने ऋण ब्यबस्थापन तालिम आज घोराहीमा सम्पन्न भएको छ | रास्टृय सहकारी बैक लिमिटेड दाङ शाखा ब्यबस्थापन समितिका सयोजक भरत बहादुर बुढाथोकीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले सहकारीले देशको अर्थतन्त्रलाई टेवा पुराउनका लागि महत्त्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै यसलाइ अझ नीति र बिधिमा आधारित रहेर काम गर्दै अगाडी लैजानुपर्ने बताउनुभयो |

Buddha International Hospital

Advertise with us

यसैगरी कार्यक्रममा बोल्दै ग्रामिण महिला उत्थान केन्द्र दाङका परियोजना सयोजक भिमकान्त चौधरीले आर्थिक रुपान्तरण तथा दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी अत्यन्तै आबश्यक रहेको भन्दै महिलाहरुले मात्रै संचालन गरेको सहकारीले महिलाहरु सङै समाजलाइ आर्थिक शसक्तिकरनमा महत्त्वपूर्ण भुमिका खेल्न सफल भएको बताउनुभयो |

कार्यक्रममा सहभागीका तर्फबाट सहजकर्ता बेदराज शर्मा पान्डे,सुनकोसी सामाजिक उधमी महिला सहकारी सस्था लि बाकेका धनी वलिले आफ्नो भनाइ राख्नुभएको थियोे | रास्टृय सहकारी बैक लिमिटेडको आयोजना तथा हेफर इन्टनेश्नल नेपालको बित्तीय सहयोगमा सप्पन्न उक्त कार्यक्रमको सहजीकरण रास्टृय सहकारी बैक लिमिटेडका तालीम सयोजक नारायण बेल्बासेले गर्नुभएको थियोे |